ढुंगा लिएर जाँदै गरेको टिप्पर पल्टीदा चालकको मृत्यु

ढुंगा लिएर जाँदै गरेको टिप्पर पल्टीदा चालकको मृत्यु

सुर्खेत –  वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ को तारेभीर नजिकै टिप्परले च्यापिएर एक जनाको मृत्यु भएको छ । बागेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको टिप्पर पल्टीदा चालकको मृत्यु भएको हो ।

भे १ ख २२०५ नम्बरको टिप्पर सडक किनारामा पल्टीदा वीरेन्द्रनगर २ टेम्पोपार्क बस्ने चालक ३२ वर्षीय उमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ढुंगा झार्ने क्रममा टिप्पर अनियन्त्रित हुँदा चालक उमेश च्पापिएको प्रहरीको भनाई छ । आइतबार विहान १० बजेतिर घटनामा चालक टिप्परले च्यापिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया