पशुपतिनाथ देखि पञ्चकोशी यात्रा सम्पन्न

पशुपतिनाथ देखि पञ्चकोशी यात्रा सम्पन्न

सुर्खेत –  दैलेखमा रहेका पञ्चकोशी तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको पशुपतिनाथ देखि पञ्चकोशीसम्मको यात्राको समापन गरिएको छ ।

चैत ५ गतेबाट काठमाडौंको पशुपतिबाट सुरु भएको यात्रा देवघाट, लुम्बीनी, वागेश्वरी, काक्रेविहार हुदैँ दैलेखका पञ्चकोशी तिर्थस्थलमा पुगेको थियो । मनघरी फाउण्डेशनको आयोजना र दैलेखी सेवा समाज काठमाडौं, दुल्लु नगरपालिका, भैरवी गाँउपालिका, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य यात्रा तय भएको पशुपति–पञ्चकोशी यात्राले दैलेखको पर्यटन विकास र पंचकोशी तथा ज्वाला क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याउने यस यात्राका परिकल्पनाकार भरतबन्धु थापाले बताउनुभयो ।

यस्तै, उहाँले यो यात्राले काठमाडौंको पशुपति आएको पर्यटकहरुलाई दैलेख आउन मार्ग तय गरेको पनि बताउनुभयो । प्राचिन महत्व र अनेक सभ्यताको इतिहास बोकेको दैलेखको प्रचारप्रसार गर्ने र यस क्षेत्रको अध्यायन अवलोकनका लागि विभिन्न स्थानबाट पर्यटकहरुलाई दैलेख ल्याउने यात्राको मुख्य उदेश्य रहेको बताउनुभयो ।

पशुपति देखि पञ्चकोशीसम्मको यात्राले दैलेखलाई काठमाडौंसम्म जोड्न मदत गरेको दैलेखबाट कर्णाली प्रदेश सभा सदस्य घनश्यााम भण्डारीले बताउनुभयो । यात्रामा काठमाडौंदेखि नै संगै रहेको सांसद भण्डारीले दैलेखमा एउटा मात्र सभ्यता नभएर अनेकौ सभ्यता रहेको र यसलाई अध्ययान गरेर प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाई छ । साथै दैलेख धेरै जातीहरुको उद्गम स्थल, धेरैजसो भएको साथै यहाँका सम्पदाहरुले धार्मिक र प्राचिन सभ्यता बोकेको हुँदा यसको प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले काठमाडौं देखि पंचकोशीसम्मको यात्राबाट दैलेखलाई लुम्बीनी र काठमाडौंसंग जोड्ने प्रयास गरेको मात्र हो । दैलेखमा धेरै यस्ता सम्भावना छन् । यिनको प्रचारमा हामी सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । हामीले यो यात्राका क्रममा भिडियो वृतचित्र बनाएका छौ । यसलाई क्रमसः काठमाडौं, देवघाट, लुम्बीनी, वागेश्वरी र सुर्खेतमा प्रर्दशन गर्नेछौ । साथै दैलेखका सम्पदा र सभ्यतालााई चिनाउन फोटो प्रदर्शनी गर्ने पनि योजना रहेको छ ।” यस्तै उनले प्रदेश सरकारबाट दैलेख लगायत कर्णालीको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन विकासका लागि निती बनाउन पनि लागि पर्ने बताउनुभयो ।

यस्तै, दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले पञ्चकोशीमा पर्ने अधिकांस तिर्थस्थल दुल्लुमा रहेकोले यसको संरक्षण र प्रचारप्रसारमा नगरपालिकाले सक्रिय भूमिका खेल्ने बताउनुभयो । उहाँले दुल्लु र पंचकोशीको धार्मिक सांस्कृतिक सम्पदाको संरक्षणमा पालिका सधै तयार रहेको र नगरबासी तथा दैलेखबासी सबैले यसको संरक्षणमा लागिपर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया