अटो दुर्घटनामा घाइते भएकालाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो

अटो दुर्घटनामा घाइते भएकालाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो

रुकुम – मुसिकोट नगरपालिका ५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएका मध्य ३ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ । जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत कोहलपुर लगिएको लगिएको मुसिकोट नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक उमेश केसीले बताउनुभयो ।

उहाँका अनुसार अटोल चालक रोशन बिष्ट, मुसिकोट ३ की वडा सदस्य खीमा खड्का र मुसिकोट १४ की सरिता ओली बिष्टलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत लगिएको हो । रोशन र खीमाको अवस्था गम्भिर रहेको केसीले बताउनुभयो । सरिताको अवस्था भने सामान्य रहेको बताइएको छ ।

आज मुसिकोट नगरपालिका वडा नम्बर ५ को सेरिगाउँ देखि वडा नम्बर १४ को खेता कुना भन्ने ठाउँका लागि गइरहेको रा १ ह ७१९९ नम्बरको अटो सेरिगाउँ नेपाल विद्युत प्रधिकरणको वितरण केन्द्र नजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । उक्त अटोमा चालक सहित ६ जना सवार थिए । घाइते मध्य ३ जनाको भने जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया