मासु व्यवसायीलाई मासु उत्पादन तालिम

मासु व्यवसायीलाई मासु उत्पादन तालिम

दैलेख – नारायण नगरपालिकाले सदरमुकामका मासु पसल व्यवसायीहरुलाई सफा, स्वस्थ मासु उत्पादन सम्वन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ ।

मासुजन्य उत्पादनका लागि पशुको छनौट, प्रजनन्, पालन पोषण, बजार प्रवद्र्धन, मासुको गुणस्तर, स्वच्छता र स्वस्थता निम्ति भण्डारण प्रक्रिया विषयमा कर्णाली प्रदेश पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका परिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले तालिमको सहजीकरण गर्नुभएको छ ।

तालिममा पशु पालक कृषक, मासु पसल व्यवसायीहरुको तालिममा सहभागिता रहेको नारायण नगरपालिकाका पशु चिकित्सक डा. श्रृजना बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया