दुई पब्लिकेसन्सका केही पाठ्य सामग्रीमा प्रतिबन्ध

दुई पब्लिकेसन्सका केही पाठ्य सामग्रीमा प्रतिबन्ध

काठमाडौं – पाठ्यक्रम विकास केन्द्रले दुई पब्लिकेसन्सले प्रकाशन गरेका केही पाठ्य सामग्रीमा प्रतिबन्ध लगाएको छ ।

नयाँ शैक्षिक सत्र भर्खरै सुरू भएको बेला आठराई पब्लिकेसन प्रालि र ओएसिस पब्लिकेसन प्रालि काठमाडौंले तयार पारेको कक्षा ४ देखि ७ सम्मका केही पुस्तकहरू प्रयोग तथा बिक्री वितरण नगर्न केन्द्रले सूचनामार्फत जानकारी गराएको हो ।

नयाँ लागू भएको पाठ्यक्रमअनुसार स्वीकृतिपत्र लिएकोमा संस्करण वर्ष २०८० राखेर रिप्रिन्ट २०८० को छाप हानी पुरानै विषयवस्तु राखेर शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई गुमराहमा पारिएको पाइएकाले ती पब्लिकेसन्सका पुस्तकमा प्रतिबन्ध लगाइएको केन्द्रको मान्यता समकक्षता तथा मूल्यांकन शाखाका अधिकृत तारा पाण्डे तिवारीले बताउनुभयो ।

दुवै पब्लिकेसन्सलाई पाठ्य सामग्री प्रकाशन तथा बिक्री वितरणका लागि दिइएको स्वीकृति २ वर्षसम्मका लागि रद्द गर्ने र अहिले बजार तथा विद्यालयमा पु¥याइएका पाठ्य सामग्री तत्काल फिर्ता गराउन प्रकाशकलाई निर्देशनसमेत दिइएको छ ।

प्रतिक्रिया