ठाटीकाँधमा म्याग्रेट कार्यक्रमका लागि पाँच थान ट्याबलेट हस्तान्तरण

ठाटीकाँधमा म्याग्रेट कार्यक्रमका लागि पाँच थान ट्याबलेट हस्तान्तरण

सुर्खेत –  दैलेखको ठाटीकाँध गाउँपालिकामा म्याग्रेट कार्यक्रमका लागि पाँच थान ट्याबलेट हस्तान्तरण गरिएको छ ।

एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको साझेदारी सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाले उक्त सामग्रि हस्तान्तरण गरेको हो ।

ठाटीकाँध गाउँपालिका वडा नम्बर -६ स्थित मालिका माध्यामिक विद्यालयमा पाँचला र जन आधारभुत विद्यालय थापाटोलमा हस्तान्तरण गरिएको हो ।

गणित विषयका लागि विद्यार्थीहरुलाई कक्षामा प्रायोग गर्दा सिकाईमा टेवा पुग्ने हेतुले सहयोग गरिएको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार आगामि आईतबारबाट कक्षामा प्रयोग हुने र गणित सिकाइमा थप टेवा पुग्ने छ ।

प्रतिक्रिया