राष्ट्रिय समाचार

सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौँ साउन २८ गते । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।  गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को [...]

अन्तराष्ट्रिय युवा दिवस : भैरबीमा अन्तरक्रिया

दैलेख साउन २८ गते ।अन्तराष्ट्रिय युवा दिवस । नेपाल लगायत विश्वमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाईएको छ । दिवसको अबसरमा दैलेखको भैरबी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालित महिला, युवा तथा बालअधिकार [...]

लगातार उकालो लागिरहेको सुनको भाउ ह्वात्तै घट्यो

काठमाडौँ साउन २८ गते । लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो ।  मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार भने ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ [...]

भत्काएर भत्किएनन् छाउगोठ

सुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रहरीले छाउगोठ भत्काएपछि महिनावारीको समयमा घरबाहिर स्याउलाको छाप्रो बनाएर बसेकी महिला। तस्बिर सौजन्य : जगतदल जनाला विक सुर्खेत/ दैलेख साउन २८ : महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार [...]

अन्तर्राष्ट्रिय युवा दिवस : प्राथमिकतामा युवा, कार्यक्रम धेरै, कार्यान्वयन शुन्य !

नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाउन थालिएको छ ।यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको हो । राष्ट्रिय युवा परिषद्को आयोजनामा भर्चुअल रूपमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न कार्यक्रमको उद्घाटन गरी प्रधानमन्त्री केपी [...]

कर्णालीका मुख्यमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

सुर्खेत साउन २८ गते । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादनका लागि करार सम्झौता गरेका छन् ।भदौ १ गतेदेखि लागु हुनेगरी ६ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् । प्रदेशको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले करार सम्झौता गरेको बताए । अब मन्त्रालयहरुले सबै चुनौतीको सामना गर्दै तोकिएको समयमा कार्यसम्पादन गरिसक्नुपर्ने शाहीकको भनाइ छ । सम्झौता [...]

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ पुग्याे

पीसीआर परीक्षणमा खटिएका दैलेख पीसीआर प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी । सुर्खेत २७ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेख र सल्यानका दुई/दुईजना, सुर्खेत, रुकुम पश्चिम, [...]

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ पुग्यो

काठमाडौं साउन २७ गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको हो।  मंगलबार कोरोनाले मृत्यु पुष्टि हुनेमा धनुषाका दुई, काभ्रे र सिन्धुपाल्चोकका एक–एक जना रहेका छन्। धनुषाका ६० वर्षीय एक पुरुषको मृत्यु सोमबार राति भएको हो भने क्यान्सर अस्पताल जनकपुरमा कार्यरत ५० वर्षीया [...]

देशभर १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं साउन २७ । नेपालमा १८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६० महिला र १२३ पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार प्रदेश २ मा सबैभन्दा बढी ७८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५८ पुरुष छन् भने २० महिला ।  त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १४ पुरुष र १३ महिला गरेर २७ स्वास्थ्यकर्मी [...]

सुर्खेतमा मजदुरको दैनिक ज्याला वृद्धि

सुर्खेत साउन २७ । सुर्खेतमा मजदुरको दैनिक ज्याला वृद्धि भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै मजदुरको दैनिक ज्याला बढाइएको हो ।जिल्ला प्रशासन कार्यालय अन्तर्गतको दररेट निर्धारण समितिलेमजदुरहरुको ज्यालामा हेरफेर गरेको हो ।  यस्तै जडिबुटी र निर्माण सामग्रीको मूल्य पनि तोकिएको छ ।  बजारमा महँगी बढ्दै जाँदा समितिले मजदुरको ज्याला तोकेको हो । यस्तै कालोबजारी रोक्न निर्माण सामग्रीको पनि मूल्य निर्धारण गरिएको छ । अब यही समितिले निर्धारण गरेको दररेट [...]
1 2 3 365