नवलपरासीबाट काठमाडौं आउँदै नेत्रविक्रम चन्द
काठमाडौँ : नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार नवलपरासीबाट काठमाडौं आउँदै छन् ।उनी नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरे पनि उनी गाडीमै काठमाडौं आउन लागेका हुन् । शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने [...]