विचार/दृष्टिकोण

फलामको चिउरा बनेको छ, खशानमा बसोबास गर्ने खसहरुमा रहेको भ्रम !

रघुवीर सिंह ठगुन्ना जब जब खसहरुले आफ्नो जातिय पहिचान र सह–अस्तित्वको कुरा उठाउँछन र आफ्नो सनातनी मष्टो धर्म सँस्कृति भाषा तथा परम्पराको सँरक्षण तथा नेपालको संविधानमा राखेको खस–आर्यको टोकरीबाट खसलाई अलग गरेर संबिधानले दिएको आरक्षणको अधिकार खसहरुले पनि पाउनु पर्छ भन्ने आवाज उठाउन थाल्छन, तब तब सत्तामा सधै कब्जा जमाउदै आएका केही टाठा बाठा आर्य ब्राह्मणहरुले महान दिब्य वाणी फलाक्न थाल्छन । जातीय राज्य राम्रो होइन । यसले बिखण्डन ल्याउँछ भन्ने गर्छन [...]

दलित शिल्पी समुदायको भौगोलिक संघीयता

राजेश विद्रोही-यतिबेला दलित शिल्पीको बहससँगै दलित समुदायको भौगोलिक संघीयताको विषय चर्चामा छ। खासगरी यो विषय र बहस दलित शिल्पी समुदायको सचेत वर्गमा चलिरहेको छ। यो विषय र बहसलाई केही अभिजात शासक वर्ग दलित समुदायलाई फुटाउने र आफ्नो निहित स्वार्थ पूरा गर्नेतर्फ मोड्न खोजिरहेका छन् भने केही राजनीतिक दल यसलाई सत्ताको छाक टार्ने हतियारका रूपमा प्रयोग गर्ने कोसिसमा छन्। तर यो दलित शिल्पी समुदायको भौगोलिक संघीयताको बहसले संघीय लोकतान्त्रिक [...]

अस्थिर राजनीति र अपूर्ण प्रेस स्वतन्त्रता

जन्मदेव जैसी हामी २१औँ शताब्दीको सञ्चार युगमा छौँ र यसले ल्याएको सूचना–प्रविधि क्रान्तिको उपभोग गरिरहेका छौँ । सूचना प्रविधिले हाम्रा आदत, जीवनशैली र परम्परागत बुझाइलाई समेत परिवर्तन गरिदिएको छ । तर, यसैको जगमा हुर्किएको फरक राजनीतिक संस्कारले हाम्रो परम्परागत राज्य प्रणाली नै खल्बल्याइदिएको छ । युगअनुरूपको राज्य प्रणाली र आमसञ्चारको विकाससँग मेल खाने राजनीतिक संस्कार नहुँदा आधुनिक भनिएको लोकतन्त्र पनि मुठ्ठीभर वर्गकै हातमा जबर्जस्त कायम [...]

जातीय विभेदको अन्त्यहीन खाडल

गोपाल बराइली– २१ मार्चमा नेपालसहित विश्वका धेरै देशले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाए । अझै पनि यो दिवस मनाउने क्रममा विभिन्न कार्यक्रम भइरहेका छन् । नेपाली समाजमा मान्छे भएकै आधारमा गरिंदै आएको जातिभेद गहिरिएर बसेको छ । नेपालमा रङ्गभेद सँगसँगै जातीय भेद छ । नेपालमा जातीय सँगसँगै पहाडी र मधेसी रङ्गबीच अनेकौँ कालखण्डदेखि विभेद हुँदै आएको छ । त्यसमा पनि मधेसी दलित समुदाय रङ्ग र जातका आधारमा पीडित छन् ।नेपालमा जातका आधारमा [...]

नैतिकताको प्रश्न उठाउने कति नैतिक

मतदाताको अवमूल्यन गरेर नैतिकवान् भएको ढोङ पिट्ने धृष्टता नगर्नु वेश हुन्छ विनोदकुमार शाह गत फागुन १० गते सर्वोच्च अदालतको फैसलाबाट विघटित प्रतिनिधि सभा पुनस्र्थापना भएपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’ भनी प्रश्न उठाइयो । त्यो पनि केही ‘अनैतिकहरू’ कै जमातबाट । यो आफैँमा नैतिकताको उपहास हो । जो आफू राजनीतिक रूपले पतन भएका छन्, उनैले ताजा जनादेशमा जाने प्रधानमन्त्रीको समयसापेक्ष निर्णयको भण्डाफोर गरे । [...]

‘म गैरदलितलाई साथी बनाउदिनँ’

सुनिता परियार तपाईहरु सोच्नु हुन्छ होला, २१ औँ शताब्दीमा पनि किन यस्तो कुरा लेखेको होला भनेर? हाम्रो समाज परिवर्तन भइसकेको छ नि? पक्कै पनि मेरो लेखको शिर्षक हेरेर मलाई गाली गर्नु होला तर गाली गर्नुभन्दा अगाडि मेरो लेख जरुर पढ्नु होला।जीवन मेरो, अधिकार पनि मेरो, मलाई बिना डर, हिंसा र विभेद रहित बाच्ने अधिकार छ तर जुन दिन म दलित हुँ भनेर आभाष भयो, त्यो दिनदेखि मैले विभेद भोग्दै आएको छु।सँगै पढ्ने गैरदलित साथीले म दमिनीसँग विद्यालयको कार्यक्रममा नाच्दिनँ [...]

राष्ट्रिय दलित आयोगले गर्नुपर्ने काम

राष्ट्रिय दलित आयोगले संवैधानिक हैसियत प्राप्त भएको पाँच वर्षपश्चात् बल्ल पूर्णता पाएको छ । यद्यपि मधेसी दलित, मानव अधिकार र विकासका क्षेत्रमा काम गरेका विज्ञ व्यक्तिको प्रतिनिधित्व हुन सकेको छैन, तथापि दलित आन्दोलनबाटै स्थापित व्यक्ति पदाधिकारीमा नियुक्त भएको हुँदा आयोगसँग दलित समुदाय आशावादी हुनु स्वाभाविक हो । यही परिप्रेक्ष्यमा यो लेखमा आयोगको हिजो, आज र भोलिका विषयहरूलाई विवेचना गर्न खोजिएको छ । हिन्दु वर्ण व्यवस्थाको जातिवादमा आधारित [...]

किन बढ्दै छन् महिला दुर्व्यसनी

ओम बानियाँ- हातै आफ्ना छोराहरू मात्र होइन; छोरीहरू पनि लागूपदार्थको दुव्र्यसनमा त फसेका छैनन् ? यस विषयमा धेरैलाई पत्तो नहुन सक्छ तर केही समययता लागूपदार्थको दलदलमा फस्ने महिलाको संख्या भुसको आगो झैं भित्रभित्र सल्किँदै गएको छ। नेपालमा चुरोट, पानपराग, सुर्ती, खैनी, गुट्का, हुक्का तथा जाँडरक्सी मात्र होइन; गाँजा, चरेस ब्राउन सुगर, ह्वाइट सुगर, हेरोइन, मर्फिन, प्रोक्सिबोन, नाइट्रोसन, फेन्सिडिल आदि लागूपदार्थ सेवन गर्ने युवतीको संख्या अपत्यारिलो ढंगले [...]

भागरथीहरूको चीत्कार नसुन्‍ने देशमा

यो पितृसत्ता, यो अहंकारयो समाज…यो दमनकारी राज्य हो बलात्कारी ! दुई वर्षअघि चिलीको नारीवादी कलाकार समूह ‘लास टेसिस कलेक्टिभ’ ले सार्वजनिक गरेको गीत ‘बाटोमा बलात्कारी छ’ आजसम्म आइपुग्दा विश्वभरका महिलाको साझा प्रतिरोधको गीत बनेको छ । यतिबेला देशमा कामचलाउ प्रधानमन्त्री केपी ओलीले चालेको एकपछि अर्को प्रतिगामी कदमविरुद्ध नागरिक आन्दोलन उठेको छ । त्यसैको एउटा रूप दिनदिनै भइरहेका बलात्कार र हत्याका घटनामा राज्यको उदासीनता र दण्डहीनताविरुद्ध [...]

रेडियोकर्मीको दिन रेडियो दिवस

दीपक आचार्य देशभरका ८ हजार भन्दा बढी रेडियोकर्मीले फेबु्रअरी १३ तारिख अर्थात् फागुन १ लाई आफ्नो मुख्य चाडको रुपमा विश्व रेडियो दिवसको रुपमा मनाउँछन्। पछिल्लो समय रेडियोको प्रसिद्धि घट्दै गएको र रेडियोको बजार पनि कमजोर भएपछि रेडियोकर्मी चिन्तित हुन थालेका छन्।   हिजोको दिनमा भएको रेडियोकर्मीप्रतिको आम नागरिकको सम्मान र रेडियोप्रतिको क्रेज आज घट्दो छ। विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, [...]
1 2 3 35