स्मृतिमा तिहारका तरेली
dav टंक भट्टराई – चाडपर्वहरू जीवनका रङ्ग हुन् । उमङ्ग हुन् । सृष्टिको उषाकालदेखि नै जीवन जिउने क्रममा मानव पुर्खाले गरेका महान् आविष्कार हुन् । जीवनका दुःख, निराशा र अँध्यारा पक्षहरूसँग लड्दैभिड्दै जाँदा सुख, खुसी र आनन्दका खोजका परिणाम हुन् चाडपर्वहरू । जुन समय, परिस्थिति र मान्छेका सोचसगैं परिष्कृत र विकसित हुँदै जान्छन् । मान्छेले प्रकृतिसँगै हाँस्न सिक्यो । रुन र रमाउन सिक्यो । बाँच्न र नाच्न सिक्यो । यसै क्रममा प्रकृतिका रङ्ग र ढङ्गसँग [...]