आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकको काम
दैलेख : सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ । निर्वाचन हुने वा नहुने विषय सर्वोच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर, आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार मान्दै निर्वाचनको तयारी गरेको हो । आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।सोहि बमोजिम जिल्ला निर्वाचन कार्यालय दैलेखले [...]