ब्रेकिङ खबर

‘सिमान्तकृत र जोखिममा परेका महिला बालबालिकालाई न्यायमा पहुँच पु¥याउँछौ’

दैलेख असोज २ गते ।दैलेखमा ओझेलमा परेका समुदाय सिमान्तकृत र जोखिममा परेका महिलाबालबालिकालाई न्यायमा पहुँचमा पु¥याईने भएको छ । दैलेखका प्रतिनीधि सभामा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहको न्यायिक समितिका पदाधिकारी, प्रहरी, गैसस महासंघ, पत्रकार महासंघ, नेपालबार एशोसियसन लगाएतले सिमान्तकृत र जोखिममा परेका महिला बालबालिकालाई न्यायमा पहुँच पु¥याउने सामूहिक प्रतिबद्धता जनाएका हुन् । प्रतिनीधि सभा सदस्य पार्वती बिशुन्के, महाबु गाउँपालिकाका [...]

न्यायिक समितिमा अधिवक्ता, कर्मचारी सहित मनोविमर्शकर्ता आवश्यक छ : सांसद बिशुन्के

दैलेख असोज २ गते ।संघीय संसद प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले गाउँ समाजका सामान्य विवाद सुल्झाउन स्थानीय तहमा न्यायिक अधिकार दिइएको बताएकी छिन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले दैलेखले शुक्रवार दैलेखमा आयोजना गरेको न्यायमा पहुँच परियोजनाको अभिमुखीकरण कार्यक्रममा उनले सो विचार राखेकी छिन् । सांसद बिशुन्केले स्थानीय न्यायिक समितिलाई दिइएको जिम्मेवारी पूरा गर्न अधिवक्ता, आवश्यक कर्मचारीको अलवा पीडितका कुरा सुन्न मनोविमर्शकर्ता [...]

जनकपुर-जयनगर रूटमा चल्ने रेल आज नेपाल आइपुग्ने

जनकपुर असाेज २ गते । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आज (शुक्रबार) अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।शुक्रबार अपरान्ह जनकपुर आइपुगने नेपाल रेलको तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् ।एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा [...]

थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ हजार ५७३ पुग्याे

काठमाडौँ असाेज १ गते । पछिल्लो २४ घन्टामा बिहीबार थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ५९ हजार ५७३ संक्रमितको संख्या पुगेको जनाए । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । [...]

खुल्न थाले दैलेखका विद्यालय

हिक्मतबहादुर नेपालीदैलेख असोज १ गते । कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित पारेको क्षेत्रमध्ये शिक्षा पनि हो। विद्यार्थीहरु चैत्र देखि विद्यालय जानबाट बञ्चित भई घरमै बस्न बाध्य छन्। विद्यालयको हकमा बैशाख देखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत्र पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो। त्यसको दुई महिनापछि जेठ १८ गते कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयको नियमित पठन पाठन [...]

न्यायमा पहुँच परियोजना : मिडियाकर्मीसँग छलफल

दैलेख असोज १ गते ।न्यायमा पहुँच परियोजनाको मिडियासँग सहकार्यका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युएनडिपीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनाले दैलेख जिल्लामा कार्यरत मिडियाकर्मीसँग छलफल गरेको हो । एक दिने अभिमुखिकरण कार्यक्रम सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दैलेखका [...]

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ

काठमाडौँ असाेज १ गते । नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । राष्ट्रपतिले मनोनित गरेका गौतमलाई बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन् ।सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन,’ गौतमले भने । नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका [...]

आज विश्वकर्मा पुजा

काठमाडौं असाेज १ गते । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । यही सम्झनामा नेपालका कालीगढले भव्य रूपमा विश्वकर्मा [...]

‘भात खान नपाएपछि’ गर्भवतीद्वारा आत्महत्या

काठमाडौँ असाेज १ गते । पेटमा ५ महिनाको गर्भ थियो । स्वाद फेरेर भात खान मन लागेको बताउने गरेकी थिइन् । सधैं रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ को साँझपख भात खाने इच्छा व्यक्त गरिन् । तर, भात पकाउने विषयमा सासू–बुहारीबीच एकमत बनेन । अन्ततः दुवैबीच मनमुटाव गहिरिँदै गएपछि गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको माइती पक्षको दाबी छ । गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक [...]

यस्ताे छ कोरोना बीमाको नयाँ मापदण्ड

काठमाडौँ, असोज १ गते । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को लक्षण र उपचारबारे विश्व नै अन्योल छ । नेपाल पनि त्यसबाट अलग छैन । कोरोनाको क्षति न्यूनीकरण गर्ने प्रयास पनि आआफ्नै ढङ्गबाट हुने गरेको छ । त्यसमा पनि नेपालले कोरोना बीमाको आफ्नै ढाँचा बनाएर काम गरेको छ तर कोरोना बीमा अहिले आफैँमा बीमाको खोजीमा पुगेजस्तो भएको छ ।सञ्चालनमा आएको पाँच महिना नपुग्दै कोरोना बीमा कोरोना बीमा रहेन । नाममा कोरोना बीमा छ तर त्यो बन्द भएर स्वास्थ्य बीमाका रूपमा [...]
1 2 3 4 664