ब्रेकिङ खबर

आज देशभरका सबै अदालत बन्द

काठमाडौं असाेज १ गते । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित [...]

मृतकको कोरोना परीक्षण नगर्न निर्देशन

काठमाडौं भदाै ३१ गते ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको स्वाब लिएर कोरोना भाइरस (कोभिड–१९) परीक्षण नगर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयले मृतकको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको भन्दै यस्तो निर्देशन दिएका हुन्।उनले शंकास्पद व्यक्तिको मृत्यु भएमा सावधानीपूर्वक अन्तिम संस्कार गर्न निर्देशन दिँदै स्वाब परीक्षणको आवश्यकता नभएको बताएका हुन्।  मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै [...]

४० नम्बरका लागि १२ कक्षाको अनलाइन परीक्षा हुने

काठमाडौं भदाै ३१ गते । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । [...]

विद्युत लाइन विस्तारमा लापरबाही, करेन्ट लागेर एकको मृत्यु एक घाइते

हिक्मतबहादुर नेपालीदैलेख भदाै ३१ गते । करेन्ट लागेर दैलेखमा एक जना युवाको मृत्यु भएको छ । जिल्लाको भैरबी गाउँपालिका–२ मा विद्युत लाइन विस्तारको क्रममा करेन्ट लागेर सोहि ठाउँका २४ बर्षिय पुस्कार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका नैनबहादुर साँवदले जनाए । करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा सोहि ठाउँका २६ बर्षिय भुपेन्द्र थापा रहेको प्रहरी निरिक्षक साँवदले बताए । घाइतेको दुल्लु अस्पतालमा उपचार भईरहेको छ । विद्युत [...]

बलात्कारको आरोप लगाउने युवतीले अदालतमा बयान फेरेपछि एक महीना कैद र एक हजार जरिवाना

सुर्खेत भदाै ३१ गते । सुर्खेत जिल्ला अदालतले बलात्कारको आरोप लगाएर बयान फेरेपछि एक १८ वर्षीया युवतीलाई कैद र जरिवाना दुवै सजायको फैसला सुनाएको छ। आफुलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी युवतीले अदालतमा बयान फेरेपछि अदालतले यस्तो फैसला गरेको हो। १४ भदौमा अदालतले युवतीलाई एक महीना कैद र एकहजार पाँचसय रुपैया जरिवाना फैसला सुनाएको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए। युवतीले तत्कालीन साल्ट ट्रेडिङ्ग [...]

सिन्धुपाल्चोक केन्द्र भएर ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं भदाै ३१ गते । सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ ।  सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताए । भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो । एकाबिहानै उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पले हल्लाएपछि आम [...]

नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री : नेपालको कुल क्षेत्रफल १,४७,६४१.२८ वर्ग किलोमिटर

काठमाडौं भदाै ३१ गते । सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ। यसले नेपालको क्षेत्र कति हो भनेर विवाद निम्त्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ सार्वजनिक गरेका हुन्। त्यसमा [...]

भोलीबाट आन्तरिक उडान

काठमाडौं भदाै ३१ गते । न्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिएको पौडेले बताए। सोमबारको मन्त्रिपरिषद् निर्णयले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको स्वयं पर्यटनमन्त्री योगेशकुमार भट्टराइले नै जानकारी गराएका [...]

सांसद विशुन्केको पहलमा स्वास्थ्य सामग्री

दैलेख भदाै ३० गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघीय सांसद पार्वती विशुन्केको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण सुरु भएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ का ६ वटा स्थानीय तहहरु (नारायण नगरपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमूले गाउँपालिका र महाबु गाउँपालिका) लाई स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको हो । सोमवार देखि नै स्थानीय तहमै पुगेर स्वास्थ्य [...]

अनशनस्थलमै बिरामी जाँच्दै डा. केसी

सुर्खेत भदाै ३० गते ।  आइतबारदेखि आमरण अनशनरत डा.गोविन्द केसी मन्दिरमै बिरामी जाँच्न थालेका छन्। जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा बसेर १९ औँ पटक सत्याग्रह सुरु गरेका डा. केसी भोकभोकै बिरामी जाँच्न थालेका हुन्।  चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन बसेका डा. केसीले भने, ‘मेरा माग पुरा नभए बरु मर्न तयार छु। तर अनशन तोड्ने छैन। मेरो अन्तिम सास रहुन्जेल अनशनमै बिरामीको सेवा गर्छु।’ केसी मन्दिरमा [...]
1 2 3 4 5 664