ब्रेकिङ खबर

उपसभामुख निर्वाचन आज, तुम्बाहाम्फे र भुसाल प्रतिस्पर्धामा

२ चैत, काठमाडौं । उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ ।उपसभामुखमा वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छन् । प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वाचित हुने पक्का छ । एमाले र माओवादी केन्द्रका १७४ सांसद छन् जबकी उपसभामुख निर्वाचित हुन १३८ मत भए पुग्छ । माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि [...]

समुदायमा आधारित बाल क्लव गठन

गुराँस गाउँपालिका वडा नं. ३ पारीगाँउमा समुदायमा आधारित वाल क्लव गठन गरिएकोछ । वडा नं. ३ पारीगाँउका धन कुमारी विकको अध्यक्षतामा १५ सदस्य रहेको चेतनशिल वाल क्लव वडा ३ का वडा अध्यक्ष गंगाराम खत्रीको रोहवरमा गठन गरिएको हो । वाल क्लवका उपाध्यक्ष जगदिश विक, सचिव तारा विक, सहसचिव सन्तोष विक, कोषाध्यक्ष विनिता विक सदस्यहरुमा क्रमश मनिशा विक, महेन्द्र विक, गिता विक, अन्जुली विक, लक्ष्मि विक, शुसिल विक, रीता विक, वखत विक, रेशम विक र निर्मला विक रहेका छन् । वाल क्लवको [...]

२० वर्ष पुराना गाडी आजबाट प्रतिवन्ध, अटेर गरे कवाडीमा लिलाम

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो ।१ चैत, काठमाडौं । २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई सरकारले आजबाट पूर्णप्रतिवन्ध लगाएको छ । यदि त्यसलाई बेवास्ता गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष [...]

राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

लैनचौरस्थित शहीद स्तम्भमा राष्ट्रपति विद्यादेवी भण्डारी ।  राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुग्दा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।१ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गरेकी छन् । नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो [...]

कर्णालीमा चार महिनाका लागि एक अर्ब बजेट

वीरेन्द्रनगरस्थित कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालय।  सुर्खेत : कर्णालीमा प्रदेश सरकारले एक अर्ब बजेट ल्याउने तयारी गरेको छ। आउँदो असारमा पूर्ण बजेट ल्याउने गरी गृहकार्य थालेको प्रदेश सरकारले चार महिनाका लागि एक अर्बबराबरको बजेट ल्याउन लागेको हो। पूर्ण बजेट ल्याउनुअघिको चार महिनाको खर्च सञ्चालनका लागि प्रदेश सरकारले एक अर्ब दुई करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गर्न लागेको छ। कर्णालीमा प्रदेश सरकार गठन भएसँगै केन्द्र सरकारले [...]
1 484 485 486 487 488 699