ब्रेकिङ खबर

युवा क्लवद्वारा बाटो मर्मत

दैलेख, साउन १४ – वर्षायामको पानीले बिग्रेको नारायण नगरपालिका वडा नं. ११ विन्ध्यावासिनी जाने मोटर बाटो समाजसुधार क्लबका युवाहरूको अग्रसरतामा मर्मत सुधार गरिएको छ । समाजसेवी, बुद्धिजीवी, शिक्षक, स्थानीय गाडीचालक र गाडी मालिक समेतको सहभागिता रहेको अध्यक्ष प्रेमबहादुर बिष्टले बताए । वर्षातको कारण सदरमुकाम अस्पतालसम्म पुर्याउन समेत कठिनाई भएको अवस्थालाई मध्यनजर गरी बाटो मर्मत सुधार गरिएपछि यात्रुहरूलाई समेत आवतजावत र ब्यापारीलाई समान ढुवानी सहज [...]

नस्पाती रुखबाट लडेर चन्चल पुनको मृत्यु

दुर्गा वि.सी सल्यानको बन्गाड कुपिण्डे वडा ३ बामे काप्रा नीवासि वर्ष ४७ का चन्चल पुन नस्पाती टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको रहेको नस्पातीको रुखमा चढेका पुनको उक्त रुखबाट लडेर मृत्यु भएको जनाएको छ । नस्पाती टिप्नको लागि दिउसो १ वजेको समयमा उनि रुखमा चढेका थिए । टेकेको रुखको हाँगा भाँचिए पछि उनि भुई खसेका ुिथए । रुखबाट खसेर अचेत अवस्थामा रहेका पुनको उपचार हुन नपाउँदै केहि समय पछि मृत्य भएको थियो । पुनको ३ छोरा र २ छोरी रहेको वताएको छ [...]

स्थानीय चुनावको रन्को अझै मेटिएन ः ढोग वहेस्कार देखि पानी बाराबार समेत

दुर्गा वि.सी. सुर्खेत सिम्ता गाउँपालीकाका केहि वडाहरुमा स्थानीय चुनावको रन्को अझै सेलाएको छैन् । वडा ६ राकम,जामुनेवजार,गोजिवजार,गजँौर लगाएतका क्षेत्रका स्थानीयमा अझै पानी बाराबारको अवस्था छ । स्थानीय चुनावमा आफ्नो मन परेको राजनैतिक पार्टिलाई मतदान नगरेको,असहयोग गरेको भन्दै एमाले काँग्रेस शुभ चिन्तक विच चुनाव अघि चिसएिको सम्बन्ध अझै समधुर हुन सकेको छैन् । शिक्षित भनिएका क्षेत्रका टोलहरुमा त यस्तो अवस्था छ अन्य क्षेत्रको त कुरै गरि साध्य नभएको [...]

धामी झाँक्रिको भरपर्दा ३ महिने सुत्केरीको मृत्यु

दुर्गा वि.सी. बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला नीवासि ३ महिने सुत्केरी २१ वर्षिया पार्वती वि.क.को बुधबार वेलुकी मृत्यु भएको छ । वि.क. १ महिना देखि विरामी परेको र स्थानीय मेडीकल साथै धामि झाँक्रिको भर पर्दा उनको अकालमै ज्यान गएको छ । ३ महिनाकी छोरीको भने आमाको मृत्यु पछि विचल्ली परेको छ । विरामी वि.क.लाई औषधी उपचार गर्नुको सट्टा झार फुक र धामी झाँक्रिको विश्वाले गर्दा उनको मृत्यु भएको जनाएको छ । मृर्तकका श्रीमान शरद वि.क भने रोजगारिको [...]

वाल हेल्पलाईनको प्रभाव ः भारतकाे जयपुरमा अलपत्र बच्चाको उद्धार

दैलेख, साउन १० – गाउँलेको लहलहैमा भारत पुगेर जयपुरमा अलपत्र बालकको परोकारी भावनाका दैलेखी युवाहरुले उद्धार गरी नेपाल ल्याएका छन् । भैरवी गाउँपालिका–२ रावतकोटका कमल बिकले कालिकोटको पलता गाउँपालिका–७ थिर्पू घर बताउने १२ वर्षीय बाल सुवास बिष्टको उद्धार गरी ल्याउनुभएको हो । दैलेख जिल्लामा वाल हेल्पलाईनको वारेमा सुनेको र वच्चा अलपत्र परेको देखेर वच्चालाई ल्याएको विकले वताए । बालक सुवासका अनुसार उहाँका बुबाको नाम हरी बिष्ट र आमाको नाम सागरा बिष्ट हो [...]

घरयासी खर्च टार्न जनप्रतिनिधीको हैरानी ः कोहि मजदुरीमा व्यस्त छन भने कोहि भारत जाने योजनामा

दुर्गा वि.सी. सिम्ता गाउँपालीका वडा ६ सुर्खेतबाट जननिर्वाचित महिला सदस्य आईती लुहार चुनाव जीते पछि निक्कै खुसी भएकी थिईन् । स्थानीय निर्वाचनमा विजय सवै यस क्षेत्रका जन प्रतिनिधीहरु निक्कै हौसिएका थिए । खुसीसँगै विजय उत्सव मनाउदा लागेको भोज भतेरको खर्च टार्न अहिले उनिहरुलाई हम्मे हम्मे परेको छ । आईती लुहार जस्तै सवैको कथा व्यथा उस्तै छ । राज्यले निर्वाति जनप्रतिनिधीलाई पारश्रमिकको समेत व्यवस्था हुने हल्लाले झनै होसियर उनिहरुले खुसी साट्दा र [...]

अनुसन्धानपछि २५ दिनमा मुद्दा पेश गर्नुपर्नेमा २ दिन ढिला लिएपछि अदालतद्वारा म्याद नाघी आएको भन्दै मुद्दा फिर्ता

अमर सुनार दैलेख, साउन ९ – दैलेख जिल्ला अदालतले म्याद नाघी आएको भन्दै मुद्दा चल्न नसक्ने भन्दै आज एउटा मुद्दा दरपीठ गरेको छ । असार ११ गते नारायण नगरपालिका–३ कालिमाटीमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालक जयबहादु बस्नेतको ज्यान गएको ‘सवारीज्यान’ मुद्दा कानूनले तोकेको भन्दा ढिला गरी ल्याएको कारण दरपीठ गरिएको हो । लु १ त ५४८९ नम्वरको ट्रयाक्टर चालक बलबहादुर कटुवाललाई घटना भएकै दिन पक्राउ गरी ल्याइएकोमा अनुसन्धान तहकीकातका लागि ५ पटक गरी २५ दिनको अनुमती [...]

नेप्सेमा एकैदिन पाँच करोड २७ लाख कित्ता सेयर सूचिकृत गर्ने कम्पनी कुन कुन हुन् ?

नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन पाँच करोड २७ लाख ९९ हजार ५०७ कित्ता सेयर सूचिकृत भएको छ । दुई बाणिज्य बैंकको हकप्रद, एक लघुवित्तको बोनस सेयर तथा एक बाणिज्य बैंकले आफुले प्राप्ती गरेको विकास बैंकको सेयर रुपान्तरण गर्दा साे परिमाणको सेयर सूचिकृत भएको हो । नेपाल बंगलादेश बैंकको सबैभन्दा बढि तीन करोड २० लाख ७३ हजार तीन  कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने नेपाल बैंकको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर पनि आईतबार नै सूचिकृत भएको छ । [...]

जलश्रोत परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षेर

दैलेख – ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका लागि भैरवी गाउँपालिकाले समझदारीपत्रमा हस्ताक्षेर गरेको छ । भैरवी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई परियोजनाको अवधारणा अभिमुखीकरणपछि आज डाँडीमाडीमा आयोजित कार्यक्रममा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका डडेल्धुरा इकाईका उप टीमलिडर नारायणप्रसाद वाग्लेले परियोजना समझदारीपत्रमा हस्ताक्षेत्र गर्नुभयो । ग्रामीण जलश्रोत व्यवस्थापन [...]

हावाहुरी कृषकको मकै बालीमा क्षेती

जीवन आचार्य दैलेख सोमवार साझँको हावाहुरी संगै आएको मुसलधारे पानीले नौमुले गाउपालिकाको बालुवाटार र द्धारीमा १५० परिवार कृषकको मकै बालीमा ठुलो क्षेती पुराएको छ । मध्यराती करिब २ घण्टा सम्म परेको मुसलधारे पानीले दुई वटा वडाका करिब १५० परिवारको मकै बालीमा क्षेती गरेको हो । मुसलधारे पानीले नौमुले २ नम्बर वडा बालुवाटारको ठुलो चम्लाए,३ नम्बर वडा द्धारीको सानो चम्लाए र भाडेमा मकै बाली तहस नहस गरेको स्थानियले बताएका छन । हावा र पानीले करिब एक दर्जन [...]
1 487 488 489 490 491 643