दैलेखका वनैपिच्छे डढेलो, ८ सय २२ हेक्टर वन क्षेत्रमा क्षति
दैलेख : जिल्लाको विभिन्न सामुदायिक र राष्ट्रिय वनमा डढेलोले क्षति पुर्याएको छ । पछिल्लो समय जिल्लाका वनैपिच्छे डढेलो लागेको छ । राति सबैजसो वनमा डढेलो देखिने गरेको छ । ११ वटै स्थानीय तहका विभिन्न वन क्षेत्रमा डढेलो दन्किरहेको छ । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग सहित सुर्खेत दैलेख सडकखण्डका छेउछाउका जंगलमा समेत आगलागी भइरहेको छ । आगलागीबाट बोटबिरुवा, जडिबुटी र वन्यजन्तु मासिएका छन् । जिल्लाभर तीन सय ८३ सामुदायिक वन, ७ वटा नीजि , २ वटा [...]