भैरवीमा निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर
दैलेख: भैरवी गाउँपालिकामा निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुपंक्षी विकास शाखाको आयोजनामा भैरवी गाउँपालिका–२ को वडा कार्यालयमा शिविर सम्पन्न भएको हो । गाउँपालिकाको पशुपंक्षी विकास शाखाबाट नियमित सञ्चालन गरिने पशुपंक्षी उपचार सेवा लिनबाट बञ्चीत भएका कृषकहरुलाई सेवा पु¥याउने, बिरामी पशुपंक्षीहरुको उपचार गर्ने, घरपालुवा पशुपंक्षीहरु लाइ नियमित प्रयोग गर्नु पर्ने आन्तरिक बाह्य परजिवी विरुद्धको औषधी वितरण गर्ने, भाले [...]