बादी समुदायको मागप्रति नागरिक समाजको ऐक्यबद्धता
दैलेख : खाद्य अधिकारको क्षेत्रमा काम फियान नेपालले दैलेखमा सरोकारवालाहरुसंग खाद्य अधिकार र जिल्लाको अवस्था बारे अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लामा खाद्य सुरक्षा सवाल राज्यको दायित्वबारे छलफल भएको थियो । अन्तरक्रियापछि प्रेस विज्ञप्ती निकाल्दै दैलेखको आठबीस नगरपालिका–१ सुकिपिउली, नारायण नगरपालिका–१ रातामाटे अनि गणेशचोक नजिकको नमूनाबस्ती लगायतका स्थानहरुमा दलितहरुले २०–३० वर्ष भन्दा बढी समयदेखि उपभोग गरिरहेका भए पनि जग्गाधनी पूर्जा [...]