जिल्ला समाचार

एमालेले तोक्यो निर्वाचन क्षेत्र संयोजक

दैलेख, असोज ९ – नेकपा (एमाले) जिल्ला संगठन सचिवालयको आज बसेको बैठकले दैलेखका २ प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रादेशिक निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्वाचन क्षेत्र संयोजकहरु तोेकेको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ को संयोजकमा तेजबहादुर चन्द, क्षेत्र नं. २ मा सूर्यबहादुर शाही, त्यसैगरी दैलेखका ४ प्रादेशिक क्षेत्र अन्तरगत क्षेत्र नं. १ को एकमा दानबहादुर थापा, दुईमा जगत हमाल, क्षेत्र नं. २ को एकमा हिक्मत बिक र [...]

सुरक्षा नागरिकको पनि सहयोग आवश्यक ः प्रमुख थापा

दैलेख– जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जिल्लाको शान्ति सुरक्षा कायम गर्न नागरिकहरुको पनि सहयोगी भूमिकाम आवश्यक हुने बताउनु भएको छ । ‘प्रहरी हाम्रो टोलमा’ अभियानको आरम्भ गर्दै शुक्रवार दैलेख भएको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रमुख थापाले नागरिकहरुको सहयोग लिन प्रहरी प्रशासनको भूमिका पनि सक्रियता र तत्परता जनाउन सुझाव दिनुभयो । त्यस बखत नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले दैलेखमा प्रहरी र [...]

नागरिक समाजद्धारा बजार अनुगमन गर्न अपिल

नजिकिदै गरेको महान चाड दशै तिहारमा दैनिक उपभोग्य खाद्य सामाग्रीबाट उपभोक्ताहरु नठगिउन भनी नागरिक समाज दैलेखले खाद्य पदार्थको मूल्य सूची प्रकाशन र बजार अनुगमनका लागि सम्बन्धित निकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले प्रत्येक महिना कम्तीमा २ पटक बजार अनुगमन गर्नु पर्ने व्यवस्थ सुशासन कार्ययोजना २०६८ भए पनि उपभोक्ताहरुले बजार अनुगमन हुन नसकेको गुनासो गरेका छन् । हिन्दुहरुको महान पर्व दशैमा देश विदेशमा रहेका आफन्तजनहरु घर भेटघाटमा आउने [...]

बकु नपाका कर्मचारीको ५० प्रतिशत प्रोत्साहन भत्ता वृद्धिको चर्को विरोध

दुर्गा वि.सी. बन्गाड कुपिण्डे नगरपालीकाले स्थानीय कर्मचारीको ५० प्रतिशत भत्ता वृद्धि गरेपछि अन्य शिक्षक कर्मचारी आन्दोलित वनेका छन् । बन्गाड कुपिण्डे नगरपालीकाको भाद्र १८ गते वसेको वैठकले नगर कर्माचारी र वडा स्तरमा काम गर्ने कार्यलय सहयोगी,कार्यालय सहयाक र वडा सचिवको ५० प्रतिशत मासिक भत्ता वृद्धि गरिएको छ । यो निर्णयले बन्गाड कुपिण्डे नगरपालीका भित्रका विद्यालयका शिक्षक,विद्यालय कर्माचारी परिषद,हुलाक,स्वास्थ्य,कृर्षि,पशु लगाएतका सरकारी [...]

मकै पोल्दा घर जल्यो

दुर्गा वि.सी. बन्गाड कुपिण्डे नगरपालीका ७ घाँजरीपिपलको डोप्केमा स्थानीय रमेश चन्दको घरमा आगलागि हुदाँ घरायसी धानमाल जलेर नष्ट भएको छ । आज विहान १० वजेको समयमा बाबालीकाले मकै पोलेर खान खोज्दा घरमा आगो सल्केको थियो । घरको छाना खरको भएका कारण स्थानीयले आगो नियन्त्रण गर्न नसकिएको जनाएका छन् । चन्द मजदुरीको शिलशिलामा भारत रहेको वताएको छ । चन्दको घरमा भएको अन्नपात,लताकपडा,भाँडा कुडा सवै जलेर नष्ट भएको वताएको छ । चन्दको परिवार भने छिमेकीको घरमा वसेको [...]

सुर्य कुँबरको अध्यक्षतामा होटल मजदुरको संस्था नेस्वहोमयूको नेतृत्व सर्वसम्मत

काठमाडौ । पर्यटन क्षेत्रका मजदुरहरुको महत्वपूर्ण संस्था नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशनले सुर्यबहादुर कुँबरको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बंशीधर भट्टराई महिला उपाध्यक्षमा चन्द्रकला थापा, उपाध्यक्षहरुमा कुण्डल बहादुर खड्का र बेगबहादुर पाण्डे निर्बिरोध चयन भएका छन् । यस्तै महासचिवमा लक्ष्मण तिवारी, उपमहासचिवमा दिनेश घिमिरे र [...]

मानवअधिकारको प्रत्याभूती राज्यको दायित्व –वीसी

दैलेख – डुंगेश्वर गाउँपालिका ६ नं. वडाका वडाध्यक्ष बमबहादुर बीसीले नागरिकको मानवअधिकार प्रत्याभूती राज्यको दायित्व हुने बताएका छन् । इन्सेकको इएलपी परियोजनाको परिचय तथा मानवअधिकार निगरानी समूह गठन कार्यक्रममा शुक्रवार उनले सो धारणा राखेका हुन् । वडाध्यक्ष बीसीले मानवअधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा इन्सेकले खेलेको भूमिकाको प्रसंशा गर्दै डुंगेश्वर गाउँपालिका ६ नं. वडामा सुरु भएको इएलपी कार्यक्रम प्रभावकारी सञ्चालनमा वडा [...]

बन्गाड कुपिण्डेमा विद्यालय कर्मचारी परिषद गठन

दुर्गा वि.सी. बन्गाड कुुपिण्डे नगरपालीकामा आज विद्यालय कर्मचारी परिषद गठन गरिएको छ । बन्गाड कुपिण्डे नगरपालीकामा प्रावि,निमावि र मावि गरि ७० विद्यालयका ५० भन्दा वढिको सहभागि भेलाले कमल कड्काको अध्यक्षतामा १५ सदस्यी विद्यालय कर्मचारी परिषद गठन गरिएको छ । साथै उपाध्यक्षमा कल्पना शाह,सचिवमा अकबर पुन स सचिवमा गोरख पुन र कोषाध्यक्षमा भोला आचार्य रहेको जनाएको छ । भेला समापन पछि नव गठित विद्यालय नगरपदाधिकारको टोलीले बन्गाड कपिण्डे नगरपालीकामा ८ वुदे [...]

प्रमुख जिल्ला अधिकारी र डिएसपीलाइ सुझाव

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले दैलेख जिल्लामा भरखरै आउनुभएका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने र प्रहरी नायव उपरीक्षक सरोज पौडेललाई जिल्लाको शान्ति सुरक्षा र अमनचैन प्रभावकारी बनाई राख्न सुझाव दिनुभएको छ । जिल्लामा कार्यभार सम्हालेपछि परिचय र भेटघाटका लागि प्रमुख थापाको कार्यकक्षमा पुग्नुभएका नयाँ प्रजिअ र प्रहरी प्रमुखलाई जिल्लामा राजनीतिक, सामाजिक र नागरिक समाजको सहयोग रहने बताउदै सहरी किशोरहरुमा लागू [...]

जनप्रतिनिधिलाई न्यायिक पद्धति तालिम

दैलेख, भदौ ११ – रोलर तथा यूएनडीपीको सहयोगमा महिला सशक्तिकरण मञ्चले हिंसा पीडित महिलाको न्यायमा पहुँच परियोजनाको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरुलाई न्यायिक पद्धति सम्वन्धी ३ दिने तालिम आजदेखि सुरु गरेको छ । नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षलाई दिइएको न्यायिक समिति संयोजकको जिम्मेवारी कार्यान्वय क्षमता विकास गर्न उक्त तालिम सुरु गरिएको हो । दैलेखका ४ नगरपालिकाका प्रमुख, उपप्रमुख र ७ वटा गाउँपालिकाका उपाध्यक्षहरु समेत १५ जनाको लागि [...]
1 238 239 240 241 242 323