जिल्ला समाचार

ईलाका प्रहरी कार्यालय दुल्लूको वस्ती भेटघाट कार्यक्रम

दुल्लू दैलेख –जम्बुकाँध गाविस वडा नं. २ लैनचौर बजारमा वस्ती भेटघाट कार्यक्रम सम्पन्न भएकोछ । ईलाका प्रहरी कार्यालय दुल्लु र सामुदायिक प्रहरी सेवा केन्द्र दुल्लुको सयुक्त आयोजनामा महिला हिंसा, घरेलु हिंसा, बाल बिवाह, बहु बिवाह, लागु औषध, अबैध मादक पदार्थ सेवन तथा बिक्रि बितरण, ओसार पसारको नियन्त्रण र ट्राफिक नियमको पालना सम्बन्धि बिषयमा गाउँ बस्ती भेटघाट तथा जनचेतनामुलक कार्यक्रम गरीएकोछ [...]

सेवा प्रदायक आफै तत्पर हुनुपर्छ ः न्यायाधीश पण्डित

दैलेख, पुुस १८ – जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सार्वजनिक सेवालाई प्रभावकारी र जवाफदेही बनाउन सेवाप्रदायक आफैले तत्परता जनाउनुपर्ने औल्याउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा सुरु गरेको इएलपी परियोजना चिनारी कार्यक्रममा उहाँले सुशासनको अभ्यासलाई यस्ता कार्यक्रमले सघाउने बताउनुभयो [...]

शिक्षकको वार्षिक तलब १७ हजार ५ सय मात्रै

दैलेख -चामुण्डा गाविस वडा नं २ स्थित पुनडाडामा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षकहरुको वार्षिक तलब १७ हजार ५ सय मात्रै रहेको छ । उक्त तलबलाई महिनामा गणना गर्दा प्रतिमहिना १४ सय ५८ हुन आउछ भने प्रति दिनको पारिश्रमिक ४८ रुपैया पर्छ । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने वार्षिक ७० हजार पिसिएफ अनुदान ४ जना शिक्षकले बाडेर खाने गरेका छन् । उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन÷अध्यापन हुने गरेको छ [...]

प्रहरीलाई अपराध अनुसन्धान तालिम

दैलेख, पुस १७ – जिल्ला प्रहरी कार्यालय दैलेखले प्रहरी हवल्दार र जवानहरुका लागि ६ दिने अपराध अनुसन्धान तथा रोकथाम सम्वन्धी आधारभूत तालिम आजदेखि दैलेख सदरमुकाममा सुरु गरेको छ । तालिममा जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईमा मुद्दामा कार्यरत जनशक्तिको क्षमता विकास गर्न थालिएको तालिममा २ महिला सहित ४५ जनाको सहभागिता छ [...]

बैंकको सेवा प्रभावकारी बनाउन सहकारी संस्थासँग अन्तक्र्रिया

हस्तराज अधिकारी पौष १७, दैलेख–ग्रामिण क्षेत्रमा रहेका सहकारीे संस्थाको संस्थागत विकास, वचत तथा ऋण परिचालनका साथै गुनासा र सुझाव संकलन गरी राष्ट्रिय सहकारी बैंकलाई सबैको मन जित्ने बैंक बनाउने उद्धेश्यले बैंकका केन्द्रिय लेखा समिति सदस्यहरुले जिल्लामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् । लेखा समितिले बंैकमा आन्तरिक शुद्धिकरण र पारदर्शिता कायम गर्न सहयोग गर्ने समितिका सदस्य लक्ष्मी प्रसाद उपे्रतीले बताए [...]

अभियानकर्ता कुटिए

दैलेख, पुस १६ – अरुको अधिकारको निम्ति लडिरहने अधिकारकर्मी आफू पीडित हुनुपर्ने अत्यन्तै खिन्न मन हुदो रैछ । दैलेखको बाँसी गाविस–८ मेहेलगौडाकी २६ वर्षीया रञ्जना मल्ललाई यस्तै अवस्था आई लागेको छ । पुस १३ गते विहान सोही ठाउँका बिष्णुसिंह मल्ल, उनकी श्रीमति धना मल्ल, जेठी छोरी मनिषा मल्ल लगायत ६ जनाको समूहले कुटपीट गरेको पीडित बताएकी छिन् [...]

परिवर्तनको संवाहक बन्दै बाल क्लब

दैलेख, १५ पौष– विन्ध्यावासीनी वार्ड नं. २ मा वस्ने भविसरा थापाको ८ जनाको परिवार छ । आमा बुबाले कृषि पेशा लाई अगाल्दै आएका छन् । कषि पेशाबाट नै परिवारको गुजारा चलाएका छन् । थापा अहिले श्री रैनादेवि माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दिैछिन् । कुनै बेला गा.वि.स.मा बाल अधिकारको बारेमा जानकारी नपाएकोले गर्दा बाल अधिकार हनन्का घटना हुने भए पनि चुप लागेर वस्नुपर्ने अवस्था थियो । तर सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत संचालित महिला, युवा र बाल [...]

संस्थागत विकासका लागि ः रणनैतिक योजना तर्जुमा कार्यशाला

दैलेख १३ पौष, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले आफ्ना गतिविधिमा प्रभावकारिता र गुणस्तरीयता कायम गरी लाभान्वित वर्गलाई अझ बढी प्रतिफल उपलब्ध गराउने उद्धेश्यका साथ रणनैतिक योजना तर्जुमा कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशाला गोष्ठिले संस्थाको तीन वर्षिय रणनैतिक योजना तयार गरेको सोसेकका अध्यक्ष मञ्जु कुमारी खड्काले बताईन [...]

रणनीति योजना तर्जुमाका लागि विषयगत कार्यालय र सरोकारवालासँग छलफल

निर्मल अधिकारी दैलेख १३, पौष –सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले त्रिवर्षिय रणनीति योजना तर्जुमाका लागि विषयगत कार्यालयहरु र सरोकारवालाहरुसँग छलफल सम्पन्न गरेको छ । सामाजिक परिचालन र जनसहभागिताको माध्यमबाट महिला, बालबालिका, दलित, जनजाति र विपन्न वर्गको शिक्षा, स्वास्थ्य, आर्थिक, पर्यावरणीय र अधिकारको क्षेत्रमा विकास गर्ने ध्ययका साथ उक्त कार्यक्रमको आयोजना गरिएको सोसेकका संस्थापक अध्यक्ष हीरासिह थापाले बताए [...]

कृषिमा व्यवसायिकता जरुरी ः प्रजिअ दुलाल

अमर सुनार दैलेख, पुस १३ – दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले कृषिमा व्यवसायिकता नभई देशको आर्थिक उन्नति नहुने बताएका छन् । जिल्ला कृषि विकास कार्यालय र कृषि समूह तथा गैससहरुको संयुक्त आयोजना दुल्लूमा आजदेखि सुरु ३ दिने कृषि मेला उद्घाटन कार्यक्रममा उनले त्यसका लागि नविनतम प्रविधिको प्रयोग गर्नुपर्ने औल्याए [...]
1 240 241 242 243 244 307