जिल्ला समाचार

खराव मौसमका कारण आकस्मिक २ हेलिकप्टर अवतरण

दैलेखको माथिललाे डुङेगशवर बजारमा केही बेर अघि खराव मौसमका कारण आकस्मिक २  हेलिकप्टर अवतरण गरेको छ ।माउन्टेन एयर र फिस्टेल एयरका हेलिकप्टर दैलखमा आकस्मिक अबतरण गरेका छन । कालिकोटबाट विरामी लिएर उडेको फिस्टेल एयरको हेलिकप्टर दैलेखको तल्लोडुङ्गेश्वर र हुम्लाबाट सुर्खेतका लागी उडेको माउन्टेन एयरको हेलिकप्टर माथिल्लो डुङ्गेश्वरमा आकिस्मिक अबतरण गरेका हुन । मौसममा केही सुधार भएपछि कालिकोटबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकप्टर नेपालगंज र [...]

ज्यान मार्ने धम्की दिने प्रिन्सीपल प्रहरी खोरमा

दुर्गा वि.सी. बन्गाडगाड कुपिण्डे नगरपालीका वडा १ सल्लीवजारमा रहेको उज्वल स्टार वोर्डिङ्ग स्कुलका प्रिन्सीपल कुशम कुमार वुढाले शंखपिपल च्युरामा कार्यरत श्रोत व्यक्ति विर वहादुर सेजवाललाइ ज्यान मार्ने धम्की दिएका छन् । वेलुकि ९ ः ३० वजेको समयमा श्रोत व्यक्ति विर वहादुर सेजवालाई ९८१८८६८६९२ नम्बरको मोवाईल नम्बरबाट फोन गरेर धम्काएका थिए । प्रहरीसँग रिर्पोट भएमा सकाईदिने,मारी दिने समेतको धम्की दिए पछि सेजवालको परिवारमा त्रास फैलिएको छ । कुरालाई [...]

छिमेकीको घरमा आगो लगाउनेलाई ४ वर्ष कैद

दैलेख, असार २३ – छिमेकीको घरमा आगो लगाएको मुद्दामा आरोपितलाई दैलेख जिल्ला अदालतले ४ वर्ष कैद र २ लाख ७९ हजार क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आज सो फैसला भएको हो । दैलेखका नारायण नगरपालिका वडा नंं. ११ बिन्ध्यवासिनीका २७ वर्षका सूर्य भन्ने खगेन्द्रबहादुर मल्लले आफ्नै छिमेकी गोपी कामीको घरमा आगो लगाएको भन्ने मुद्दामा सो सजायँ भएको दैलेख अदालतका प्रवक्ता गोबिन्द आचार्यले बताउनुभयो । चेलीबेटी [...]

बहाँकोटी जनतामाझ गरेको प्रतिज्ञा पुरा गरें अव ५ वर्ष भित्रै सडक कालोपत्रे गर्छु ः पोख्रेल

हाम्रा गाँउको सडकका वारेमा पनि प्रतिज्ञा गरिदिन प¥यो हजुर ः स्थानियवासी रक्तिम दैलेखी विशाला, असार १८, चुनावमा जनतामाझ गरेको प्रतिज्ञा पुरा गरेको माननिय सांसद लक्ष्मी पोख्रेलले बताउनु भएको छ । ठाटीकाँध गाँउपालिका वठा न ३ विशाला बहाँकोटमा सडको उद्घाटन समारोहलाई संवोधन गर्दै उहाले यस्तो वताउनु भएको हो । आईतवार जनप्रतिनिधि र स्थानियवीच कुरा गर्दै उहाले भन्नु भयो “मैले ३ वर्ष ५ महिना पहिले विशालावासी जनतामाझ जव सम्म सडक वहाकोट आँउदैन तव सम्म यहाँ [...]

द्वन्द्व रुपान्तरणमा उदाहरणीय कार्य

दैलेख, असार १६ – दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले स्थानीय शान्ति समितिले सशस्त्र द्वन्द्व पीडितहरुलाई राहत तथा क्षतिपूर्ति दिलाउनेदेखि द्वन्द्व रुपान्तरणमा उदाहरणीय कार्य गरेको बताएका छन् । स्थानीय शान्ति समितिले आज दैलेख बजारमा आयोजना गरेको सरोकारवाला निकाय, समितिका पदाधिकारी र सदस्यहरुका लािग सम्मान कार्यक्रममा उहाँले सो विचार राखेका हुन् । कार्यक्रमा जिल्ला प्रशासन, नेपाली सेना, प्रहरी, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका [...]

छाउपडी गोठमा लालसराको मृत्यु, उस्तै छ छाउपडी समस्या

दैलेख, उमेरसंगै शारीरिक विकास हुदै जादा महिलाहरुको योनीबाट रगत बग्नु प्राकृतिक प्रक्रिया हो । तर, महिनावारीलाई समाजमा नकारात्मक सोचाईले हेर्ने गरिन्छ । जस्ले गर्दा अझै पनि जिल्लाको ग्रामिण क्षेत्रमा छाउपडी समस्या उस्तै देखिन्छ र छाउपडीकै समयमा महिलाको मृत्यु हुने गरेका उदारहणहरु प्रसस्त भेटिन्छन् । Chaupadi shed चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ४ का महिलाहरु महिनावारी भएको समयमा सामूहिक रुपमा छाउपडी बस्ने गर्छन् । गत जेष्ठ ८ गते सामुहिक [...]

दैलेखमा वाल श्रम र महिला हिंसा प्रमुख समस्या– प्रजिअ अधिकारी

दैलेख, असार १० – दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्लामा महिला हिंसा र बालश्रम प्रमुख समस्या रहेको बताएका छन् । सामाजिक कानूनी सहायता केन्द्रको सरोकारवालाहरुसंगको आज दैलेख सदरमुकाम भएको त्रैमासिक वैठकमा उनले सो समस्या जनाए । दूध, दहीको लेख भएकोले त्यही नाममा दैलेखमा नामाकरण गरिए पनि अचेल दूधको सट्टा रक्सीको बिगबिगी भएको प्रमुख जिल्ला अधिकारीले औल्याए । रक्सीको कारण जिल्लामा अपराधिक घटना हुने गरेको बताउन सामाजिक सचेतना [...]

सूचना नलुकाउने प्रतिवद्धता

दैलेख, असाढ ९ । जिल्लास्थित सबै कार्यालय प्रमुखले सूचना नलुकाउने प्रतिवद्धता गरेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलगायत जिल्लास्थित कार्यालय प्रमुखहरुले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाको रोहवरमा प्रतिवद्धता गरेका हुन् । सूचनाको हक सम्बन्धि ऐन २०६४ ले आम नागरिकको सूचनामाथि अधिकारी सुश्चित गरे पनि सार्वजनिक निकायले सूचना लुकाउने गरेको गुनासो भइरहेका बेला जिल्लास्थित कार्यालय प्रमुखले [...]

छाउगोठ खोज्दै गाउँगाउँ पुगिन् मदन पुरस्कार विजेता

दैलेख, असार ८ – सदरमुकाम दैलेख बजारसंगै जोडिएको महाबु गाउँपालिका–३ बाँसीमा अझैं पनि छाउपडी प्रथा कायम रहेको पाइएको छ । जिल्ला समन्वय समितिले हालै गरेको एक सर्वेक्षण तथ्याङ्क अनुसार बाँसीमा मात्र ७ वटा छाउगोठ रहेको छन् । छाउगोठमा वच्चा सहित वसेका एक महिला छाउगोठ खोज्दै गाउँगाउँ पुगेकी स्वस्थ महिनावारी अभियानका अभियान्ता छाउ गोठमा छाउगोठ नबनाएका सबैजसो घरमा महिलालाई महिनावारीको बेला घरको आगन भन्दा टाढा बारीको कान्लामा भूईंमा ओछ्यान लगाउने र [...]

चुनाव सकिएको १ महिनापछि समिक्षा गर्दै काँग्रेस

दैलेख, असाढ ८ । गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले दैलेमा चुनाव हार्यो । चुनावी नतिजा सार्वजनिक भएको केही दिनसम्म काँग्रेसका उम्मेदवार, नेता तथा कार्यकता अन्तर्घातका कारण चुनाव हारिएको भन्ने चर्चा गरिरहेका भेटिन्थे । चिया पसलमा उनीहरु समिक्षा पनि गर्थे कसरी चुनाव हारियो ? पार्टीले आधिकारिकरुपमा समिक्षा गर्न सुरु नगरे पनि आम कार्यकर्ताहरु आफ्नै तालमा समिक्षा गरिरहेका थिए । चुनाव सकिएको १ महिनाभन्दा धेरै भइसकेको छ । [...]
1 241 242 243 244 245 323