जिल्ला समाचार

स्वच्छ खानेपानी विकासको पहिलो पुर्वधार – अध्यक्ष खनाल

दैलेख – दुल्लू नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कलम वहादुर खनालले श्वच्छ खानेपानी विकासको पहिलो पुर्वाधार भएको वताउनु भयो । दुल्लु ना.पा ३ रौतेनि खानेपानी तथा सरसफाई योजना सम्झौता तथा सार्वजनिक सुनुवाई कार्यक्रम वोल्दै दुल्लु न पा. ३ का नव निर्वाचित अध्यक्ष कलम बहादुर खनालले जलश्रोत व्यवस्थापन कार्यक्रमले मानव जिवनको रक्षा गरेका बताउनु भयो । उहाले “विकासको पहिलो पुर्वधार नै स्वच्छ खानेपानी भएकाले समुदाय संघ सस्था र सरकारी निकायले पहिलो [...]

विद्यालयमा बालमैत्रीपुर्ण धारा निमार्ण

दुर्गा वि.सी सल्यान, बन्गाड कुपिण्डे नगरपालीका ५ मा रहेको त्रिभुवन जनता मावि शंखपिपल च्युरा सल्यानले बालमैत्री खानेपानीका धारा निमार्ण गरेको छ । जिल्ला शिक्षा कार्यलय सल्यानबाट प्राप्त १ लाख अनुदानमा विध्यालयले बालमैत्री पुर्ण खानेपानीका धारा निमार्ण गरेको जनाएको छ । विगतमा बालमैत्री खानेपानीका धारा नहुदाँ स साना कक्षाका विद्यार्थीहरु पानी खाना,हात धुन निक्कै समस्या भएको र अव यसले सजिलो वनाएको विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद जैसीले [...]

मानवअधिकार पत्याभूती राज्यको दायित्व

दैलेख, असार ४ – दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हरेक नागरिकको सुरक्षा र मानवअधिकार पत्याभूती दिलाउर्नु राज्यको दायित्व भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानवअधिकार वर्षपुस्तक २०१८ का लागि संकलित घटनाहरुको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उनले त्यस्तो धारणा राखेका हुन् । प्रमुख जिल्ला अधिकारीले पछिल्लो समयमा सुशासनको अभ्यासलाई थप बल पु¥याउन मानवअधिकार प्रवद्र्धनका कार्यहरु राज्यका [...]

दैलेख पूर्ण खोप युक्त जिल्ला

दैलेख । दैलेख जिल्लालाई आइतबार पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै शिषुहरु खोपको पहुँच भएपछि पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको हो । दैलेखका सांसद अम्मरबहादुर थापा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले आइतबार दैलेख सदरमुकाममा आयोजित एक विशेष कार्याक्रमका साथ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका छन् । घोषणा कार्यक्रममा बोल्दै सांसद थापाले दैलेखलाई पूर्ण खोप युक्त जिल्ला बनेकोमा दैलेखवासीले गर्व [...]

खानेपानीको चरम संकट भए पछि लाखौ खर्चेर इनार खन्दै

दुर्गा वि.सी सल्यान, बन्गाड कुपिण्डे नगरपालीकाको केन्द्र सल्लीवजारमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । सल्लीवजारमा ल्याएको खानेपानी मुहान सुके पछि समस्या भएको छ । खाने पानी नभए पछि लाखौ खर्चेर यहाँका स्थानीयले ३५ फिट देखि ४० फिट सम्मको गहिरो इनार खनेका छन् । त्यहि इनारको पानीले केहि गुजरा चलाएको देखिन्छ । सल्लीवजारका सम्पन्न व्यक्तिहरुले लाखौ रुपैयाँ खर्चेर खनेको इनारको कुवाको पानी प्रयोग गरिरहेका छन् । समान्य व्यापारि सर्वसाधारण नागरिक [...]

सरसफाइ अभियान सञ्चालन

दुर्गा वि सि सल्ल्यान, बन्गाड नगरपालिका वडा १ काे अायाेजनामा सल्लिवजारमा अाज सरसफाइ गरिएको छ ।नगरपालिकाका कार्यकारी अधिकृत जगत प्रसाद भुषालकाे प्रमुखता र वडा १ बाट निर्वाचित अध्यक्ष शान्त कुमार यरिले नगर सरसफाइकाे उद्घाटन गरेका थिए ।अा अाफ्नाे घर,वजार सबै क्षेत्रमा सरसफाइ गर्न समेत अनुराेध गरिएको छ । नगरपालिकाका अधिकृत भुषालले वजारमा फाेहर नफाल्न र नगराउन मोटरसाइकिलबाट माइकिङ गरेर सुसूचित गराएका थिए ।वजारमा जथाभावी फाेहर फाल्नेलाई कडा [...]

नव निर्वाचित जनप्रतिनिधिको लागि स्वागत

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागीता रहेको थियो । ? ? संस्थाको उद्धेश्य, कार्यक्षेत्र, साझेदार निकाय र संस्थाले चाहेको समन्वय तथा सहकार्यका सम्बन्धमा सोसेक नेपाल, दैलेखका निर्देशक वषन्त श्रेष्ठले जानकारी दिएका थिए । आगामी दिनमा स्थानीय तहकै साझेदारीमा अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्न तयार भएको [...]

खाडाचक्र ‘छाउप्रथा मुक्त नगर बनाइने’

कालीकोटको खाडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले सदरमुकाम मान्मसहित समेटेर बनेको नगरपालिकालाई ५ वर्षभित्र छाउपडी प्रथा मुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । छाउप्रथाले महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको ठहर गर्दै सबै महिलालाई सम्मानपूर्वक बाँच्न र सामाजिक जीवनका सबै पक्षमा समान सहभागिता गराउन नगरलाई छाउपडी प्रथा मुक्त बनाएने बताए । ‘अबको ५ वर्षपछि कसैले पनि छाउप्रथा अगालेका हुने छैनन्,’ नगरप्रमुख पाण्डेले भने, ‘खाडाचक्र [...]

नेपालगन्जमा भीषण आगलागी

१४ जेठ, काठमाडौं । नेपालगन्जको सुर्खेत रोडमा भीषण आगलागी भएको छ । धम्बोजी र पुष्पलाल चोकको बीचमा पर्ने   श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रालिमा आइतबार बिहान आगलागी भएको हो । बिहान ९ बजेदेखि लागेको आगो नियन्त्रणकाे  प्रयास १ घन्टादेखि भइरहे पनि  पनि सफल हुन सकेको छैन । आगोले अहिलेसम्म एउटा घर लजेर नष्ट भएको छ भने अर्को घरमा फैलने खतरा बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणको सक्रियतामा अहिले [...]

बिद्यालय सुरक्षा सम्वन्धि कर्मचारीहरुका लागि क्षमता अभिबृदी तालीम

खाँडाचक्र कालीकोट– १३, जेठ, कालिकोट जिल्लाका साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्ममा आज देखी शुरु भएको छ । सेभ द चिल्ड्रेनको आयोजनामा साझेदार संस्थाहरु किर्डाक नेपाल र भिडीसेफ नेपाल अन्र्तगत सहयात्रा र युवा सशक्तीकरण कार्यक्रम अन्र्तगत कर्मचारीहरुको बिद्यालय सुरक्षा योजना योजनाको आवश्यकता र महत्व, बिद्यालय सुधार योजनामा समावेश गर्नुपर्ने बिपत [...]
1 242 243 244 245 246 323