जिल्ला समाचार

दैलेखमा ८६ प्रतिशत बालबिबाह

दैलेख, कात्तिक ३० । दैलेखमा ८६ प्रतिशत बालबिबाह रहेको एक तथ्यांकले देखाएको छ । दैलेखमा मंगलबार आयोजित एक कार्यक्रममा सार्वजनिक एक अध्यायनले दैलेखमा उच्च बालबिबाह रहेको देखाएको हो [...]

सेरीलाई पूर्ण साक्षर, अनिवार्य आधारभुत शिक्षा, विद्यालय शान्ति क्षेत्र, सतप्रतिशत जन्मदर्ता, सतप्रतिशत सुरक्षित संस्थागत सुत्केरी गाविस घोषणा

दैलेख, कात्तिक ३० । दैलेखको सेरी गाविस पूर्ण साक्षर गाविस घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका १५३३ जना मध्ये १४७८ जना साक्षर रहेको सो गाविसलाई सोमबार एक विशेष कार्यक्रमकाबीच जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले पूर्ण साक्षर, अनिवार्य आधारभुत शिक्षा, विद्यालय शान्ति क्षेत्र, सतप्रतिशत जन्मदर्ता, सतप्रतिशत सुरक्षित संस्थागत सुत्केरी गाविस घोषणा गरेका छन् [...]

दुल्लू नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

दुल्लू नगरपालिका कार्यलय दुल्लूको गुणस्तरिय एबम् प्रभावकारी सेवा प्रवाहका लागि आर्थिक वर्ष ०७३÷०७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई तथा आर्थिक वर्ष २०७२÷०७३ को सामाजिक परिक्षण कार्यक्रम दुल्लूको द्रोणचल क्याम्पस दुल्लूमा सरकारी कार्यालयका प्रमुख, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरु, लगाएत सर्बसाधार सेवाग्राही नागरिकको सहभागितामा सम्पन्न भएको छ [...]

प्रहरीको स्कटीङ्गमा यातायात संचालन

दैलेख, २८ कात्तिक – नेकपा माओवादी विप्लव समूहले आयोजना गरेको बन्दको क्रममा देशभर यातायात ठप्प भएपनि दैलेखमा भने प्रहरीको सहायताले यातायात सुचारु भएको छ [...]

अपांगता भएका बालबालिका अभिभावकलाई अभिमुखीकरण

दैलेख, कात्तिक २८ । अपांगता भएका बालबालिकाकका अभिभावकलाई आइतबार दैलेखमा एक दिने अभिमुखिकरण तालिम दिइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत ती अभिभावकलाई तालिम दिइएको हो [...]

लक्षित कृषकले राहत पाएनन्

अमर सुनार दैलेख, कात्तिक २६ – सरकारका नीति तथा कार्यक्रमहरु कृषि व्यवसायलाई प्रवद्र्धन गर्न ल्याइए पनि लक्षित वर्गले सुविधा नपाएको दुखेसो पोखेका छन् । विश्व खाद्य दिवसको अवसर पारेर आज दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा सरोकारवाला पक्षले त्यस्तो समस्या दर्शाएका हुन् [...]

दलितलाई पानी थपेर पञ्चामृत !

दैलेख, कात्तिक २६ – चामुण्डा गाविस–५ लिष्टेका बृखबहादुर शाहीको घरमा आज लगाइएको रुद्री पूजामा बोलाइएका दलितहरुलाई ब्राम्हणहरुले पञ्चामृत नदिएको विषय उठेपछि पानी थपेर पञ्चामृत बाँडिएको छ । दलित अगुवाहरुले सगोलमा पञ्चामृत नदिएकोमा बिरोध गरेपछि पानी थपेर अलग्गै नाम मात्रको पञ्चामृत दिएको खुलेको छ [...]

जवरजस्ती करणीको आरोपमा साढे सात वर्ष सजाय

जवरजस्ती करणीको प्रयत्न गरेको आरोप लागेका १५ वर्षका एक जना बालकलाई साढे ७ वर्ष बाल सुधारगृहमा राख्ने र पीडितलाई १० हजार रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय भएको छ [...]

सम्बन्धविच्छेद : सम्पत्ति कसलाई ?

  – बबिता बस्नेत एक चिनजानका व्यक्ति छन्, जिन्दगीको लामो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा रहेर हिमाल, पहाड, तराई दौडादौड गरी काम गरे, अझै गर्दै छन् । जिल्लाबाट आएर काठमाडौंमा स्थापित हुन कम गाह्रो थिएन । दुःखको कमाइले घर बनाए, राम्रो स्कुलमा छोराछोरी पढाए । छोराको विवाह भयो । छोराको उच्च शिक्षा जारी नै थियो, जागिरे बुहारीले विवाहको दुई वर्षपछि सम्बन्धविच्छेदको मुद्दा हालिन् [...]
1 265 266 267 268 269 323