समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि भूमिहीनलाई जग्गा
दैलेख : कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले समाजमा पछाडी परेको वर्गलाई पछाडी छोडेर मुलुकमा समृद्धि हासिल हुन नसक्ने बताएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति दैलेखको कार्यालय उद्घाटनका लागि जिल्ला आईपुगेको सभामुख शाहीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्न भूमिहिन र सुकुम्बासी नागरिकहरुलाई जग्गा उपलब्ध गराउनुपर्ने बताए । सभामुख शाहीले जिल्लाका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई [...]