जिल्ला समाचार

२६ औं अन्तराष्ट्रिय बाल दिवस सन्दर्भ ः जिल्ला वाल संजालको अगुवाइमा पहिलो पटक कार्यक्रम संचालन

ज्वाला शन्देस सम्वाददाता ‘पूनिर्माण र संविधान ः बाल अधिकार संरक्षण हाम्रो अधिकार’ मूल नाराका साथ २६ औं अन्र्तराष्ट्रिय बाल अधिकार दैलेखमा पहिलो पटक जिल्ला वाल संजालको अगुवाइमा विभिन्न कार्यक्रम गरी मनाइएको छ [...]

बाल दुव्र्यवहार रोकथाम सामाजिक अग्रसरता जरुरी

ज्वाला सन्देश सम्वाददाता बाल मनोविज्ञ पत्रकार अमरबहादुर सुनारले बालबालिका माथि हुने बाल दुव्र्यवहार रोकथाम गर्न सामाजिक अग्रसरता जरुरी रहेको बताउनु भएको छ । अन्तरराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आज भैरीकालिकाथुमको बालेकाँडास्थित गौरी मावि बाल क्लबद्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिताका विजयीलाई पुरस्कार बितरण गर्दै उहाँले सो धारणा राख्नु भएको हो [...]

विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशि मैत्री हुन जरुली – नेपाली

ज्वाला सन्देश सम्वाददाता दैलेख कार्तिक २, विद्यालयलाई लैंङ्गिक समानता तथा सामाजिक समावेशी मैत्री वनाउनु जरुरी भएकोछ । आज विद्यालयका जेसी फोकल शिक्षकहरुका लागि लैङ्गिक समानता र सामाजिक समावेशिकरण तालिमको समापन समारोहमा प्रमुख अतिथी निमित स्थानीय विकास अधिकारी वालाराम नेपालीले सो कुरा वताउनु भयो । साथै उहाँले थप्नु भयो “वालवालिका भविष्यका कर्णधार हुन उनिहरुको सार्वोतम हित नै हामी सवैको हित हो त्यसैले पछाडी पारिएका वालवालिकालाई विद्यालयमा [...]

दैनिक खाद्यबस्तुको आफुखुसी मुल्य

गोविन्द केसी दैलेख – ७५ रुपैँया पर्ने खाने तेल अहिले १ सयदेखी १ सय ५० रुपैँयासम्म पर्छ त्यस्तै नुनपनि ३० देखी ४० रुपैँयासम्म पर्छ । कुनै पनि दालको मुल्य छोईसक्नु छैन् । यी प्रतिनिधि मुलक दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धिदर भएपनि सवैजसो सामाग्रीमा मुल्य आकाशिएको छ । यहाँ खुलेआम दैनिक उपभोग्य खाद्य बस्तुमा दोब्वरसम्म पैसा असुलिने गरेको उपभोक्ताहरुले गुनासो गरेका हुन् [...]

सीमांकनमा सम्झौता हुँदैन् ः नेपाल

ज्वाला सन्देश सम्वाददाता दैलेख, मंसिर १– ं एमाले वरिष्ठ नेता एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेशवादीले माग सम्वोधन गर्न सीमांकनमा सम्झौता नहुने बताएका छन् । तराई एक प्रदेश हुनै नसक्ने उद्घोष गर्दै नेपालले मधेशवादी दललाई लचिलो भएमा राजनीतिक सहमति र संवैधानिक प्रक्रियाभित्र रहेरमात्र समाधान खोजीने बताएका हुन् [...]

वालविवाह विरुद्ध देउसी भैलो

ज्वाला सन्देश सम्वाददाता पिलाडी (दैलेख) – जिल्लाको पिलाडी गाविसमा बाल संञ्जालले वालविवाह विरुद्ध देउसीभैलो खेलेकाछन् । “वालविवाहको न्युनिकरण गरौं, सम्भ्य समाजको निर्माण गरौं” भन्ने नाराका साथ देउसी भैलो कार्यक्रम गरेका हुन् । देउसी भैलो कार्यक्रमबाट उठाएको रकम पनि बालविवाह विरुद्धको अभियानमा नै खर्चने भएकोछ । नमुना बाल संञ्जाल पिलाडीले ३ दिनसम्म खेलेको देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकम बालविवाह विरुद्धको अभियानहरुमा खर्चने भएका हुन् [...]

राउटेहरुमा भत्ताकै आश

ज्वाला सन्देश सम्वाददाता दैलेख – जनताहरु बढी भएकाले मासिक रुपमा सरकारले दिएको भत्ता अपुग भएको भन्दै राउटे मुखीयाहरुले बस्तीमा पुग्ने संचारकर्मीलाई सरकारसंग भत्ता बढाउन खवर गरिदिन माग गरिरहन्छन् । महामुखीया महिनबहादुर शाहीले जंगलमा घुम्ने आफ्ना जनताहरु जंगलमा खानेकुरा पाईन छाडेपछि भत्ता नै प्रमुख कुरा हुन थालेको बताउँछन् । दिईदै आएको मासिक १ हजार रुपैँया भत्ता अपुग हुने महामुखियाले बताए [...]

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

ज्वाला सन्देश सम्वाददाता दुल्लु दैलेख , विषयगत कार्यालय र स्थानीय निकायले प्रवाह गरेका सार्वजनिक सेवा को प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई आज दुल्लुमा सम्पन्न भएको छ [...]

शिक्षण सिकाई सुधारका लागि पठन शिविर

ज्वाला सन्देश सम्वाददाता दैलेख – विद्यालय बाहिर रहेका बालबालिका र विद्यालय जाने शिकाई उपलब्धी न्युन भएका विद्यार्थीहरुका लागि प्रत्येक शनिवार पठन शिविर सञ्चालन गरिएको छ । दुल्लु नगरपालिका र ९ वटा गाविसमा गरि त्यस्तो शिविर ३० स्थानमा सञ्चालन गरिएको हो [...]

शिकाइ उपलब्दी न्युन भएका विद्यार्थीलाई अतिरित्त कक्षा

गोविन्द के.सी. दैलेख– शिकाइ उपलब्दि न्युन भएका विद्यार्थीहरुलाई दुल्लुनगर पालिका सहित जिल्लाका ९ गाविसमा अतिरिक्त कक्षा मार्फत अंग्रेजी, गणित र विज्ञान विषय सिकाईने गरिएको छ । कक्षा ३ र ५ का कमजोर विद्यार्थीलाई पहिचान गरी सम्वन्धीत विषयको शिक्षक राखेर अतिरिक्त कक्षाबाटै पढाइ सञ्चालन गरिएको हो [...]
1 301 302 303 304 305 314