दैलेखमा रोटा खोप लगाइँदै
माघ ३, २०७७ – दैलेख – स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाभरका एक वर्ष मुनिका छ हजार दुई सय बालबालिकालाई पहिलो पटक रोटा भाइरस बिरुद्धको खोप दिने तयारी गरेको छ । झाडापखालाबाट जोगाउन जन्मेको ६ देखि १० हप्ता उमेर समूहका बालबालिकालाई दुई पटक खुवाउने योजना बनाइएको खोप अधिकृत थीरप्रसाद रेग्मीले बताउनुभयो । यो खोप प्रत्येक पटक डेढ मिलिलिटरीका दरले झोल औषधि हो । बीसीजी, डीपीडी, पोलियो, पीसीभी, दादुरा लगाए जसरी तेह्रौ खोपको रुपमा खुवाइने रोटा भाइरस [...]