घरेलु हिंसाको आरोपमा देवर पक्राउ
दैलेख, कात्तिक १५ – दैलेखको डाँडापराजुल गाविस–५ सिमटोलका ३५ वर्षीय भीमबहादुर भण्डारीलाई भाउजु माथि घरेलु हिंसा गरेको आरोपमा प्रहरीले हिजो पक्राउ गरेको छ । अंशसम्वन्धी विषयलाई लिएर २८ वर्षीया भाउजु पूजा भण्डारीलाई दाउराले लुकेर टाउकोमा प्रहार गरेको आरोप छ । उनले २ महिनादेखि भाउजुलाई थिचोमिचो गरेको बताइएको छ [...]