महिला/बालबालिका

राष्ट्रिय बाल दिवसमा बालबालिकालाई छात्रबृति

दैलेख भदौ २९ गते ।राष्ट्रिय बाल दिवसको अबसरमा नारायण नगरपालिकाका बालबालिकाहरुलाई छात्रबृति वितरण गरिएको छ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता ः हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका मनाइएको दिवसमा नारायण नगरपालिकाका ८ जना बालबालिकाहरुलाई छात्रबृति प्रदान गरिएको हो । दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा आयोजित कार्यक्रममा छात्रबृति वितरण गरिएको हो ।एईआईएन लक्जेम्वर्ग, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको [...]

राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस

दैलेख भदाै २९ गते । आज राष्ट्रिय बाल दिवस । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । कोरोना भाइरसका कारण भौतिक उपस्थितीमा दिवस मनाउन सक्ने अवस्था नभएपनि भर्चुअल माध्ययमबाट दिवस मनाईएको छ । यसैक्रममा कर्णाली प्रदेशका दैलेख सुर्खेतका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायका बालबालिकाले बाल दिवस मनाएका छन् । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा [...]

बाल अधिकार संरक्षणमा जोड

काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद्को यस विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकायको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त बालबालिका तथा अभिभावकमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपतिले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।सन्देशमा राष्ट्रपतिले सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बाल [...]

‘सडक बालबालिका मुक्त राष्ट्र बनाउँछौ : प्रधानमन्त्री ओली

फाइल तस्विर काठमाडौँ भदौ २९ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पारे । बालबालिका देशको सबल भविष्यका आधार हुन् [...]

विस्थापित परिवारले पाए राहत

दैलेख भदौ २८ गते ।लगातारको बर्षातले घर भत्किएर विस्थापित भएका घर परिवारलाई राहत उपलब्ध गराईएको छ । नारायण नगरपालिका वडा नम्बर २ का तीन घर परिवारलाई खाद्यान्न सहित राहत सामग्री उपलब्ध गराईएको हो । घर भत्किएर विस्थापित भएका स्थानीय सगुनतला भट्टराई, कृपा दमाई र कृष्णबहादुर थापाको परिवारहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले राहत सहयोग उपलब्ध गराएको हो । डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले राहत उपलब्ध गराएको हो [...]

१४ वर्षीया बालिका बलात्कृत

सुर्खेत भदाै २७ गते । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाकी बालिका बलाकृत भएकी छन् । साथीले जन्मदिनमा बोलाएपछि विद्यापुरमा पुगेकी १४ वर्षीय बालिका फर्किदा बलाकृत भएकी हुन् । भदौ २४ गते राती स्थानीय तीन जनाले बलात्कार गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । बालिका बलात्कृत भएको राती नै प्रहरी चौकी विद्यापुरमा पुगेर निवेदन दिएकी थिइन् । त्यहीँ निवेदनका आधारमा ईलाका प्रहरी कार्यालय बावियाचौर र [...]

१३ वर्षीया बालिकामाथि बलात्कार

बैतडी भदाै २६ गते । बैतडीका १३ बर्षीया जबरजस्तीकरणी गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको सुर्नया गाउँपालिका ८ का ३१ बर्षीय अर्जुन साँउद र कैलालीको गोदावरी नगरपालिका २ का ३० बर्षीय वासुदेव पन्तलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र बासुदेवले जबरजस्तीकरणी गर्नमा अर्जुनलाई [...]

गैरागाउँका पहिरो पीडितलाई सहयोग

हिक्मतबहादुर नेपालीदैलेख भदौ २६ गते । पहिरोले सर्वस्व गुमाइ विस्थापित भएका र पहिरोको उच्च जोखिममा परेका घर परिवारहरुलाई सहयोग गरिएको छ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका पहिरोले घर गुमाएका सात घरपरिवारलाई १५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो । डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग उपलब्ध गराएको हो । पहिरोले घरबारी गुमाएका ७ घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराईएको [...]

मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम

दैलेख भदौ २४ गते ।जिल्लाको भैरबी गाउँपालिकाका महिला शिक्षक, युवा क्लब र महिला समुहका सदस्यलाई तालिम प्रदान गरिएको छ । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको सहजिकरणमा तालिम प्रदान गरिएको हो ।भैरबी गाउँपालिकाको समन्वयमा महिला शिक्षक, युवा क्लब र महिला समुहका सदस्यलाई मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको [...]

सहजकर्तालाई एक दिने तालिम

दैलेख भदौ २१ गते ।यूएनडीपीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा सञ्चालित न्यायमा पहुँच परियोजनाले कानूनी साक्षरता कक्षाका सहजकर्तालाई एक दिने तालिम दिएको छ । नौमूले गाउँपालिका र महाबु गाउँपालिकाका ४ जना सहजकर्तालाई तालिम दिइएको कार्यक्रम संयोजक अधिवक्ता सर्वराज जोशीले जानकारी दिए ।सोसेकका उपकार्यकरी निर्देशक बसन्त श्रेष्ठले सहजकर्ताहरुलाई समुदायमा शान्ति प्रवद्र्धनको वातावरणका लागि कानूनी सचेतना, स्थानीय तहका न्यायिक [...]
1 2 3 4 182