महिला/बालबालिका

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसमा अन्तरक्रिया

दैलेख भदौ २० गते ।शनिवार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस । ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्य : सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने मुल नारा सहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाईएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै बीचमा देशभर भर्चुअल माध्ययमद्धारा अन्तरक्रिया, छलफल लगाएतका कार्यक्रम गरी दिवस मनाईएको छ ।दैलेखको भैरबी गाउँपालिकाका बालबालिकाहरुले पनि मानव बेचबिखन तथा ओसारपसार [...]

महामारी र बन्दाबन्दीमा रोकिएन मानव बेचबिखन

सांकेतिक तस्विर दैलेख भदाै २० गते । शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४औँ राष्ट्रिय दिवस मनाईएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाईएको हो । । केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका [...]

संकटमा सोसेकका सहयोग महत्वपूर्ण : नगरप्रमुख भण्डारी

दैलेख भदौ १८ गते ।जिल्लाको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले संकटको समयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । कोरोना भाइरसको महामारीमा संस्थाले राहत वितरण, स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग उपलब्ध गराएको नगरप्रमुख भण्डारीले उल्लेख गर्नुभयो । बिहीवार दुल्लुमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिबृद्धि (उत्थान) परियोजनाको [...]

जनकपुरमा चम्ल्याहा बच्चाको जन्म, आमाको मृत्यु

जनकपुरधाम भदाै १७ गते । धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् ।बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ । अस्पतालका सञ्चालक [...]

श्रीमानले गरे श्रीमतीको हत्या

सांकेतिक तस्विर अछाम भदाै १७ गते । अछाममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देवी कुँवरको बुधबार दिउँसो १२ बजे तिर हत्या गरेको प्रहरीले जनाएको छ ।  घरायसी विवादका कारण कुँवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।  घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ [...]

बलात्कृत बालिका बेपत्ता

सल्यान भदाै १६ गते । एक महिनाअघि आफ्नै विद्यालयका शिक्षकबाट बलात्कृत बाग्चौर नगरपालिकाकी १४ वर्षीया बालिका ४ दिनदेखि बेपत्ता भएकी छिन् । ती बालिकालाई बाग्चौरस्थित एक विद्यालयका शिक्षक रामचन्द्र केसीले बलात्कार गरेको आरोप छ । बालिकाका आफन्तले ती शिक्षक विरुद्ध साउन ८ गते प्रहरीमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका घरबाटै बेपत्ता भएकी हुन् । पीडक पक्षले बलात्कारको मुद्दा प्रभावित पार्न बालिकाको अपहरण गरेको पीडित [...]

सुत्केरीको मृत्यु प्रकरण : शिशुको उच्च शिक्षा र उपचार खर्च ठाटीकाँध गाउँपालिकाले बेहोर्ने

मृतक पार्वती शाही । तस्विर : ज्वाला सन्देश हिक्मतबहादुर नेपालीदैलेख भदौ १३ गते ।दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडीकी २३ बर्षिया सुत्केरी पार्वती शाहीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको घटनामा गाउँपालिकाले पीडित परिवारका मागहरु पुरा गर्ने सहमती भएको छ । उनको समयमै उपचार नपाउँदा मृत्यु भएको थियो । शनिवार साँझ गाउँपालिकाका जनप्रतिनीधि, मृतक महिलाका आफन्त र राजनीतिक दलका प्रतिनीधिसहितको प्राथमिक स्वास्थ्य [...]

उपचार नपाउँदा दैलेखमा सुत्केरीको मृत्यु

हिक्मतबहादुर नेपालीदैलेख भदौ १३ गते । समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान गएको छ। दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी निवासी २३ वर्षीया पार्वती शाहीको उपचार अभावमा निधन भएको हो।प्रसूतीका लागि उनलाई शुक्रबार बिहान ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना गरिएको थियो। शुक्रबार दिउँस ३ बजे पार्वतीले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन्। सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको आफन्तले बताए। अत्याधिक [...]

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

काठमाडौं भदाै १३ गते । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।   एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता [...]

सोसेकको २३ औ साधारण सभा तथा बार्षिक उत्सब सम्पन्न

दैलेख भदौ ११ गते ।सामाजिक सेवा केन्द्र (सोसेक नेपाल दैलेखको २३ औँ साधारण सभा तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ । महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका साथ संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्थाले साधारण सभा तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न [...]
1 2 3 4 5 182