प्रदेश समाचार

२५ हजार बढी संक्रिय संक्रमित भए फेरि लकडाउन !

काठमाडौं असोज ७ गते । देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए।  सँगै संक्रमण दर बढ्दै गएकाले [...]

पहिरोले विस्थापित र जोखिममा परेका घरपरिवारलाई सहयोग

दैलेख असोज ७ गते ।सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले पहिरोका कारण विस्थापित भएका र पहिरोको उच्च जोखिममा परेका घरपरिवारलाई सहयोग गरेको छ । डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले सहयोग हस्तान्तरण गरेको हो । जिल्लाको नौमूले गाउँपालिका वडा नम्बर ४ कालिकास्थित उत्तिसेनीका २६ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराईएको हो ।संस्थाका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाका अनुसार पहिरोका कारण विस्थापित भएका र पहिरोको उच्च जोखिममा रहेका सहित २६ [...]

कृषि संस्थाको नाममा ठगि गर्ने पक्राउ

ज्वाला सन्देश संवाददातादैलेख असोज ६ गते ।कृषि संस्थाको नाममा ठगि गर्ने एक व्यक्ति पक्राउ गरेका छन् । गुलरिया नगरपालिका–६ बर्दियाका केशबराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । उनले दैलेखको नौमूले गाउँपालिका–२ बालुवाटारका हिमाल सिंहलाई ठगि गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । पोखरेलले सिंहलाई फोन गरेर ‘म कृषि संस्थाबाट बोलेको हुँ, तपाईको नाममा हाम्रो संस्थाबाट कृषि छनौटमा परेको र त्यसका लागि सुरुमा एक लाख १९ हजार रुपैयाँ पठाउनुपर्छ, [...]

राउटेले मनाए संविधान दिवस

हिक्मतबहादुर नेपालीदैलेख असोज ४ गते ।नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे नागरिक दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो । आफूलाई वनको राजा भन्न रुचाउने राउटे कर्णालीका दैलेख, सुर्खेत लगाएतका जिल्लाको जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका छन् । राउटेले स्थायी बसोबास, लेखपढ र खेतीपातीलाई अस्वीकार गर्दै आएको छ । सरकारले राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था पनि [...]

जंगलमा मृत फेला परिन् कैलालीमा कार्यरत पत्रकार

कैलाली असाेज ३ गते । कैलालीमा कार्यरत एक जना पत्रकार मृत फेला परेकी छन्।घोडाघोडी नगरपालिका वडा नम्बर-४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।उनी सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन्। प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्।प्रहरीले घटनास्थलमा [...]

जनकपुर आइपुग्याे नेपाली रेल

जनकपुरधाम असाेज २ गते ।  जनकपुरधाम-जयनगर रेल शुक्रबार जनकपुरधाम आइपुगेको छ। नेपालको एक मात्र जनकपुर-जयनगर रेल सेवा बन्द भएको झण्डै छ वर्षपछि विधिवत सञ्चालका लागि रेल जनकपुरधाम आइपुगेको हो।   रेल्वे विभाग नेपालले जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर-जयनगर हुँदै जनकपुरधाम सम्म ल्याइएको हो। लामो समयको प्रतिक्षापछि बहुप्रतिक्षित कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र [...]

‘सिमान्तकृत र जोखिममा परेका महिला बालबालिकालाई न्यायमा पहुँच पु¥याउँछौ’

दैलेख असोज २ गते ।दैलेखमा ओझेलमा परेका समुदाय सिमान्तकृत र जोखिममा परेका महिलाबालबालिकालाई न्यायमा पहुँचमा पु¥याईने भएको छ । दैलेखका प्रतिनीधि सभामा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहको न्यायिक समितिका पदाधिकारी, प्रहरी, गैसस महासंघ, पत्रकार महासंघ, नेपालबार एशोसियसन लगाएतले सिमान्तकृत र जोखिममा परेका महिला बालबालिकालाई न्यायमा पहुँच पु¥याउने सामूहिक प्रतिबद्धता जनाएका हुन् । प्रतिनीधि सभा सदस्य पार्वती बिशुन्के, महाबु गाउँपालिकाका [...]

न्यायिक समितिमा अधिवक्ता, कर्मचारी सहित मनोविमर्शकर्ता आवश्यक छ : सांसद बिशुन्के

दैलेख असोज २ गते ।संघीय संसद प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले गाउँ समाजका सामान्य विवाद सुल्झाउन स्थानीय तहमा न्यायिक अधिकार दिइएको बताएकी छिन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले दैलेखले शुक्रवार दैलेखमा आयोजना गरेको न्यायमा पहुँच परियोजनाको अभिमुखीकरण कार्यक्रममा उनले सो विचार राखेकी छिन् । सांसद बिशुन्केले स्थानीय न्यायिक समितिलाई दिइएको जिम्मेवारी पूरा गर्न अधिवक्ता, आवश्यक कर्मचारीको अलवा पीडितका कुरा सुन्न मनोविमर्शकर्ता [...]

खुल्न थाले दैलेखका विद्यालय

हिक्मतबहादुर नेपालीदैलेख असोज १ गते । कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित पारेको क्षेत्रमध्ये शिक्षा पनि हो। विद्यार्थीहरु चैत्र देखि विद्यालय जानबाट बञ्चित भई घरमै बस्न बाध्य छन्। विद्यालयको हकमा बैशाख देखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत्र पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो। त्यसको दुई महिनापछि जेठ १८ गते कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयको नियमित पठन पाठन [...]

आज विश्वकर्मा पुजा

काठमाडौं असाेज १ गते । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । यही सम्झनामा नेपालका कालीगढले भव्य रूपमा विश्वकर्मा [...]
1 2 3 254