मुख्य समाचार

सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौँ साउन २८ गते । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।  गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को [...]

कोरोना कहर : ९१ जनाको मृत्यु

काठमाडौं साउन २८ गते ।  पछिल्लो २४ घण्टामा कोरोनाले १० जनाको मृत्यु भएको छ। बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी,  कपिलवस्तु, बारा र मोरङका गरेर १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो।  मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयको पत्रकार सम्मेलनपछि थप दुई जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।  योसँगै संक्रमितको कुल संख्या २४ [...]

अन्तराष्ट्रिय युवा दिवस : भैरबीमा अन्तरक्रिया

दैलेख साउन २८ गते ।अन्तराष्ट्रिय युवा दिवस । नेपाल लगायत विश्वमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाईएको छ । दिवसको अबसरमा दैलेखको भैरबी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालित महिला, युवा तथा बालअधिकार [...]

लगातार उकालो लागिरहेको सुनको भाउ ह्वात्तै घट्यो

काठमाडौँ साउन २८ गते । लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो ।  मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार भने ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ [...]

भत्काएर भत्किएनन् छाउगोठ

सुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रहरीले छाउगोठ भत्काएपछि महिनावारीको समयमा घरबाहिर स्याउलाको छाप्रो बनाएर बसेकी महिला। तस्बिर सौजन्य : जगतदल जनाला विक सुर्खेत/ दैलेख साउन २८ : महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार [...]

अन्तर्राष्ट्रिय युवा दिवस : प्राथमिकतामा युवा, कार्यक्रम धेरै, कार्यान्वयन शुन्य !

नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाउन थालिएको छ ।यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको हो । राष्ट्रिय युवा परिषद्को आयोजनामा भर्चुअल रूपमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न कार्यक्रमको उद्घाटन गरी प्रधानमन्त्री केपी [...]

भारतमा रहेका नेपालीलाई हेल्पलाइनको सहयोग

अमदाबाद साउन २८ गते ।भारतमा रहेका सामाजिक संस्थाहरुले सहयोग गरेको बेला नेपाली हेल्प लाइनले भारतमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गरेको छ । वर्षौ देखि सामाजिक रूपमा सहयोग गर्दै आएको नेपाली हेल्पलाइनले कोरोना महामारीको समय नेपालीहरुलाई राहतको लागि सहयोग गरेको हो । नेपाली हेल्पलाइनले अमदाबादमा रहेका नेपालीलाई राहत उपलब्ध गराएको नेपाली हेल्पलाइनका निर्देशक करन केसीले बताए ।नेपाली हेल्पलाइनले पनाह फाउण्डेशनको आर्थिक राहत फण्ड प्राप्त गरेको छ । [...]

कर्णालीका मुख्यमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

सुर्खेत साउन २८ गते । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादनका लागि करार सम्झौता गरेका छन् ।भदौ १ गतेदेखि लागु हुनेगरी ६ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् । प्रदेशको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले करार सम्झौता गरेको बताए । अब मन्त्रालयहरुले सबै चुनौतीको सामना गर्दै तोकिएको समयमा कार्यसम्पादन गरिसक्नुपर्ने शाहीकको भनाइ छ । सम्झौता [...]

कोरोना भाइरस विरुद्धको विश्वको पहिलो खोप तयार, रुसद्वारा मान्यता

काठमाडौँ साउन २७ गते । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत [...]

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ पुग्याे

पीसीआर परीक्षणमा खटिएका दैलेख पीसीआर प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी । सुर्खेत २७ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेख र सल्यानका दुई/दुईजना, सुर्खेत, रुकुम पश्चिम, [...]
1 2 3 544