मुख्य समाचार

म प्रधानमन्त्रीको दौडमा छैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को विमोचन कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् । आफूहरुलाई विपक्षमा बस्ने जनताको म्याण्डेड भएको भन्दै उनले प्रधानमन्त्री बन्न [...]

ओली समूहको संसदीय दलको बैठक : बहुमत सांसद उपस्थित भएको दाबी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।  बैठकमा सहभागी सांसदले बहुमत सांसद उपस्थित भएको दाबी गरेका छन् । बैठकमा ११५ सांसद उपस्थित भएको खिमलाल भट्टराईले दाबी गरेका हुन् । प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय गर्नमा केन्द्रित भएको छ ।  यसअघि नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बसेको थियो । प्रचण्ड–माधव समूहको बैठकमा बहुमत (१११) सांसद [...]

हिंसा रहित कक्षा सञ्चालन

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–३ को सेरी, छर्चि र खड्कबाडा टोलमा हिंसा रहित कक्षा सञ्चालन गरिएको छ । गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत उक्त कक्षाहरु सञ्चालन गरिएको हो । बाल अधिकार, बाल विकास, सकारात्मक अभिभावकत्व, लैंगिकता तथा भेदभाव विहीनता, बालबालिकामाथि हुनसक्ने हानी र जोखिमका बारेमा बालबालिकाका तथा उनीहरुको अभिभावकहरुको बुझाईमा [...]

घरैपिच्छे व्यवसायिक तरकारी खेती (स्थलगत रिर्पोट)

दैलेख : विष्णा शाही, उमेरले ७५ वर्ष काटिन् । बुढेसकालमा पनि उनी घरायसी काममा अझै सक्रिय रहन्छिन् । उनको परिवारका सबै सदस्य पनि तरकारी खेतीमा सक्रिय छन् । छोरा बुहारी र नातीहरुसँग रमाउँदै बारीमा तरकारी रोप्न, गोडमेल गर्न उनले छाडेकी छैनन् । कुनै बेला नुन खुर्सानीसँग रोटी खाएर मेलापात, घाँस दाउरा, चुलो चौको गरेको सम्झना उनमा ताजै छ । बारीको डिलमा बसेर तरकारी नियाल्दै उनी भन्छिन्, ‘हाम्रो पालामा यसरी तरकारी फलाउनुपर्छ भन्ने थाहै थिएन्। सुख्खा रोटीले [...]

खाने होइन त, कुमालखाडा गाउँकाे ताजा तरकारी (फोटो फिचर)

दैलेख : जिल्लाकाे आठबीस नगरपालिका–३ कुमालखाडा गाउँका ४० जना कृषकको घर–घरमा तरकारी उत्पादन भइरहेको छ । यो गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो । यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ । यहाँका नागरिकले लामो समयसम्म गरिबी, विपन्नता र पछौटेपन भोगे । झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितको कहालीलाग्दो अवस्था थियो । केही एचआइभी संक्रमितले ज्यान गुमाइसके । केहि नियमित औषधी सेवन गरेर दैनिकी गुजारिरहेका छन् । अहिले रोग, भोक, गरिबी, [...]

सर्वोच्चले नेकपा विवादको फैसला आइतबार सुनाउने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ। सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामाथि सर्वोच्चले फैसला सुनाउन लागेको हो।  नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए।  २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट [...]

प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो। प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । एक सय ११ सांसदहरूले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ। नेकपामा १७२ सांसद छन्।  शुक्रबारको बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार बनाउने [...]

‘अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्दको कदमले जनताको मन जितेको बताएका छन् । राष्ट्रिय सभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्दले ‘सेफ ल्यान्डिङ’ गरेको पनि बताए । ‘उहाँले एउटा कदबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ । यसै कदमबाट । यो साहसिक कदम हो ।जोसुकैले एउटा कार्यदिशा, बाटो समातेर हिँडिरहेको ठाउँमा कार्यकर्तालाई मोड्न सक्दैन । तर उहाँ [...]

तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं : विप्लव

काठमाडौँ: नेत्रविक्रम चन्द विप्लवले आफूहरु सहमतिप्रति प्रतिवद्ध रहेको र यसलाई इमानदारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।शुक्रबार दिउँसो सरकारसँग भएको ३ बुँदे वार्तामा हस्ताक्षर कार्यक्रममा यस्तो बताएका हुन् । यस क्रममा विप्लवले कम्युनिस्टहरु विद्रोही मात्रै नभएर शान्तिका दूत समेत भएको बताए । सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको बताए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिलाई उनले ‘घाम र जूनको [...]

सरकार र चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ : सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । हिंसात्मक [...]
1 2 3 4 666