विप्लवले भेटे आफ्ना वार्ता टोलीका सदस्य
काठमाडौं : शुक्रबार सार्वजनिक भएका विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो वार्ता टोलीका सदस्यसँग भेटेका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ । हस्ताक्षर समारोह सुरु हुनुअघि उनले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका हुन् । भेटमा शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि सहभागी थिए । विप्लव हस्ताक्षर कार्यक्रममा [...]