न्यानो कपडा पाउँदाको खुसी
सुर्खेत : श्रृष्टि विक । उमेरले तीन बर्ष पुगिन् । सानै छँदा श्रृष्टिलाई आमाले छोडेर हिडिन् । बुबा शारिरिक रुपमा अपाङ्ग छन् । उनि हाल बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरमा कक्षा नर्सरीमा छात्रबृतिमा अध्ययनरत छिन् । नियमित विद्यालय आउने श्रृष्टिले बुधवार न्यानो कपडा (ज्याकेट र ट्राउजर) पाइन् । न्यानो कपडा पाउँदा उनि खुसी देखिन्थीन् ।उनि जस्तै सोहि मन्टेश्वरीमा कक्षा एलकेजीमा अध्ययनरत पुष्पा विक उमेरले पाँच बर्षकी हुन् । उनको पनि [...]