शिक्षा/स्वास्थ्य

दैलेखमा बैंकका कर्मचारीमा कोरोना संक्रमण

पीसीआर परीक्षणमा खटिएका दैलेख पीसीआर प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी । दैलेख साउन २६ गते । दैलेख सदरमुकाम स्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा दैलेखका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि एटीएम सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको बैंकले जनाएको छ । सोमवार उक्त बैंकका कर्मचारीसहित दैलेखमा १७ जनामा कोरोना पुष्टि भएको [...]

कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, १८ सय ८० डिस्चार्ज

दैलेख साउन २६ । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दुई हजार नाघेको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीका अनुसार सोमबार २४ जनामा संक्रमण पुष्टि भएको छ ।  दैलेखमा १७, सल्यानमा ६ र सुर्खेतमा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या दुई हजार ३ पुगेको हो । कर्णालीमा सबैभन्दा बढी दैलेखमा ९ सय ६० जनामा कोरोना पुष्टि भएको [...]

कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या ३६९ पुग्यो

काठमाडौं साउन २६ गते । देशको सुरक्षाको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।  हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।  कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए। कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी [...]

सिकाई सुधारका लागि अनिवार्य बन्दै प्राक्टिस बुक

काठमाडौं साउन २५ गते ।चितवन स्थित भीमोदय माविले कक्षा ८ र १० मा सिकाई सुधारका लागि गणित, विज्ञान र अंग्रेजी विषयको प्राक्टिसबुक लागु गर्दै आएको छ । विद्यालयले ८ र १० मा डिआर सिंखडाको गणित विषयको प्राक्टिसबुकबाट अभ्यास गराउन शुरु गरेको दश बितिसकेको छ । सामुदायिक विद्यालयमा सिकाइ सुधारका लागि प्राक्टिस बुक क्याप्सुल जस्तै भएको विद्यालयका प्रधानाध्यापक डा. हरि कँडेल बताउँछन् । विद्यालयले सिकाइको दायरा बढाउन, विद्यार्थीलाई मेहनती र प्रतिस्पर्धी [...]

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं साउन २२ गते । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु  [...]

एमयूमा सबै पदाधिकारीले अनिवार्य रुपमा पढाउनुपर्ने

सुर्खेत साउन २२ गते । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा सबै पदाधिकारीले अनिवार्य रुपमा पढाउनुपर्ने भएको छ । कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।उपकुलपति र रजिष्ट्रारले महिनामा २ कक्षा, डीन, कार्यकारी निर्देशक वा सो सरहका पदाधिकारीले महिनामा ४, सहायक डीनले महिनामा ६, क्याम्पस प्रमुखले महिनामा ८ कक्षा र सहायक क्याम्पस प्रमुखले नियमित सरह कक्षा लिनुपर्ने निर्णय गरिएको [...]

दुई सय बढी संक्रिय संक्रमित जिल्लामा कडाइ

काठमाडौं साउन २१ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणाका लागि सरकारले बिहीबारदेखि दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका  जिल्लामा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यका र दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका  जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।  ‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी [...]

कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुग्यो

काठमाडौं साउन  २० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। स्वास्थ्य तजा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सोमबार विराटनगरका एक ७७ वर्षीय वृद्धको निधन भएसँगै मृतकको संख्या ५८ पुगेको हो।  मोरङको विरानगर-५ का ७७ वर्षीय वृद्धको सोमबार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र मधुमेहका रोगी थिए।  पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। [...]

कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो : १५ हजार डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  संक्रिय संक्रमितको संख्या पाँच पाँच हजार ९२५ रहेको छ।  सोमबार ४१८ जनामा कोरोना पुष्टि भएको थियो।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार २६ पुगेको छ। अहिले [...]

सन्तोषीले दिइन जन्मदिनमा शैक्षिक सामग्री

दैलेख साउन १९ गते ।बाजुराकी सन्तोषी शाहले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी छिन् । उनले दैलेखको गुराँस गाउँपालिका भित्रका ६ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी हुन् । गुराँस गाउँपालिका वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का २ जना र वडा नम्बर ८ का २ जनालाई शैक्षिक सामग्रीहरु सहयोग गरेको शाहले बताइन् । आर्थीक अवस्था कमजोर भएका विपन्न तथा जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक [...]
1 2 3 139