शिक्षा/स्वास्थ्य

खुल्न थाले दैलेखका विद्यालय

हिक्मतबहादुर नेपालीदैलेख असोज १ गते । कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित पारेको क्षेत्रमध्ये शिक्षा पनि हो। विद्यार्थीहरु चैत्र देखि विद्यालय जानबाट बञ्चित भई घरमै बस्न बाध्य छन्। विद्यालयको हकमा बैशाख देखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत्र पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो। त्यसको दुई महिनापछि जेठ १८ गते कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयको नियमित पठन पाठन [...]

मृतकको कोरोना परीक्षण नगर्न निर्देशन

काठमाडौं भदाै ३१ गते ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको स्वाब लिएर कोरोना भाइरस (कोभिड–१९) परीक्षण नगर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयले मृतकको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको भन्दै यस्तो निर्देशन दिएका हुन्।उनले शंकास्पद व्यक्तिको मृत्यु भएमा सावधानीपूर्वक अन्तिम संस्कार गर्न निर्देशन दिँदै स्वाब परीक्षणको आवश्यकता नभएको बताएका हुन्।  मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै [...]

४० नम्बरका लागि १२ कक्षाको अनलाइन परीक्षा हुने

काठमाडौं भदाै ३१ गते । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । [...]

सांसद विशुन्केको पहलमा स्वास्थ्य सामग्री

दैलेख भदाै ३० गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघीय सांसद पार्वती विशुन्केको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण सुरु भएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ का ६ वटा स्थानीय तहहरु (नारायण नगरपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमूले गाउँपालिका र महाबु गाउँपालिका) लाई स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको हो । सोमवार देखि नै स्थानीय तहमै पुगेर स्वास्थ्य [...]

अनशनस्थलमै बिरामी जाँच्दै डा. केसी

सुर्खेत भदाै ३० गते ।  आइतबारदेखि आमरण अनशनरत डा.गोविन्द केसी मन्दिरमै बिरामी जाँच्न थालेका छन्। जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा बसेर १९ औँ पटक सत्याग्रह सुरु गरेका डा. केसी भोकभोकै बिरामी जाँच्न थालेका हुन्।  चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन बसेका डा. केसीले भने, ‘मेरा माग पुरा नभए बरु मर्न तयार छु। तर अनशन तोड्ने छैन। मेरो अन्तिम सास रहुन्जेल अनशनमै बिरामीको सेवा गर्छु।’ केसी मन्दिरमा [...]

बाल दिवसमा दलित बालबालिकालाई शैक्षिक सामग्री सहयाेग

दैलेख भदौ २९ गते ।राष्ट्रिय बाल दिवसको अबसरमा भैरबी गाउँपालिकाका दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ मनाइएको दिवसमा भैरबी गाउँपालिका वडा नम्बर २, ४, ६ र ७ का २० जना दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।एईआईएन लक्जेम्वर्गको आर्थिक सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र भैरबी गाउँपालिकाको समन्वयमा परिवर्तनशिल बाल [...]

राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस

दैलेख भदाै २९ गते । आज राष्ट्रिय बाल दिवस । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । कोरोना भाइरसका कारण भौतिक उपस्थितीमा दिवस मनाउन सक्ने अवस्था नभएपनि भर्चुअल माध्ययमबाट दिवस मनाईएको छ । यसैक्रममा कर्णाली प्रदेशका दैलेख सुर्खेतका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायका बालबालिकाले बाल दिवस मनाएका छन् । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा [...]

डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं अनसन

जुम्ला भदौ २९ गते । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन्। नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका [...]

‘सडक बालबालिका मुक्त राष्ट्र बनाउँछौ : प्रधानमन्त्री ओली

फाइल तस्विर काठमाडौँ भदौ २९ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पारे । बालबालिका देशको सबल भविष्यका आधार हुन् [...]

कर्णालीमा देखिन थाले लक्षण सहितका कोरोना संक्रमित

सुर्खेत भदौ २८ गते । कर्णालीमा लक्षणसहितका बिरामी देखिन थालेका छन् । भदौयता लक्षणसहितका संक्रमित बढ्दै गएको प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताए ।उनका अनुसार प्रदेश अस्पतालको आइसोलेसनमा रहेका संक्रमितमध्ये २१ जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको छ । आईसीयूमा ५ वर्षका बच्चादेखि वृद्धसम्मकालाई राखिएको उनले बताए । कोरोना विशेष अस्पतालमा आइतबार ६६ जना संक्रमित उपचाररत छन्, जसमध्ये ११ [...]
1 2 3 4 150