शिक्षा/स्वास्थ्य

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने उद्योगलाई कारबाही

काठमाडौँ भदाै २७ गते । मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ ।मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले [...]

स्वास्थ्य सामग्री सहयोग

दैलेख भदौ २७ गते ।डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले नौमूले गाउँपालिकालाई विभिन्न सामग्री सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) का बिरामीहरुको उपचारका लागि निर्माण गरिएको आइसोलेसनलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको हो ।शुक्रवार सामाजिक सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक सिता राना, संस्थाका कार्यसमिति सदस्य पवित्रा बादी, बाल अधिकार [...]

कोरोनाबाट थप ५ जनाको मृत्यु : मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं भदाै २६ गते । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। १ महिलासहित ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। मोरङकी ४० वर्षीया महिला,महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष,काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। पछिल्लो [...]

थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ जना डिस्चार्ज

काठमाडौं भदाै २४ गते । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा ३३८ महिला र ७४३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ । ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । कहाँ कति थपिए संक्रमित ? काठमाडौं उपत्यकाका थप ४६४ जनामा संक्रमित थपिएका छन् [...]

कर्णालीमा थपिए २८ जना कोरोना संक्रमित

दैलेख भदाै २४ गते । वीरेन्द्रनगरका १७ जनासहित कर्णालीमा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका पाँच जिल्ला र अन्य प्रदेशका एक जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी अस्पताल प्रयोगसाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार २८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्य सुर्खेतका १७ जना, रुकुम [...]

तत्काल अस्पताल बनाउन ६४९ स्थानीय तहलाई निर्देशन

काठमाडौं, भदौ २४। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ। सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। कोभिड–१९ संक्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन [...]

मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम

दैलेख भदौ २४ गते ।जिल्लाको भैरबी गाउँपालिकाका महिला शिक्षक, युवा क्लब र महिला समुहका सदस्यलाई तालिम प्रदान गरिएको छ । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको सहजिकरणमा तालिम प्रदान गरिएको हो ।भैरबी गाउँपालिकाको समन्वयमा महिला शिक्षक, युवा क्लब र महिला समुहका सदस्यलाई मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको [...]

कोरोना जित्नेको संख्या बढ्दै २४ घण्टामा २२ सय ८७ डिस्चार्ज, मृतकको संख्या ३०६ पुग्यो

काठमाडौं भदाै २३ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् । ९०२ जनामा संक्रमण पुष्टि हुँदा २२ सय बढी डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।  मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । कोरोना जित्नेको यो [...]

अन्तरराष्ट्रिय साक्षरता दिवस : रेडियो र भर्चुअल बहस

दैलेख भदौ २४ गते ।आज सेप्टेम्वर ८ तारिक अर्थात अन्तराष्ट्रिय साक्षरता दिवस । यो दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको दैलेख शाखाले जिल्लाको शैक्षिक अवस्था सुधारका निम्ति सरोकारवाला निकायको भूमिका विषयमा रेडियो बहस र जुम मार्फत भर्चुअल बहस गरेको छ । दैलेखको दुई वटै रेडियोबाट आज विहान सवा ८ बजेदेखि ९ बजेसम्म ४५ मीनेटको रेडियो बहसमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा र नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश [...]

कोरोना ‘रेडजोन’ मा रित्तिए आइसोलेसन र क्वारेन्टाइन

दैलेख अस्पतालको मातहतमा सञ्चालनमा रहेको कोरोना अस्पताल । दैलेख भदौ २२ गते ।कर्णाली प्रदेशमा पहिलोपल्ट कोरोना संक्रमण देखिएको दैलेखका अधिकांश आइसोलेसन र क्वारेन्टाइन रित्तिएका छन् । २ महिनाअघिसम्म कर्णालीमा ‘रेडजोन’ मानिएको दैलेखमा संक्रमित र भारतबाट फर्कनेको संख्या घटेपछि आइसोलेसन र क्वारेन्टाइन रित्तिएका हुन् । भारतबाट फर्कने नागरिकको संख्या ह्वात्तै बढेपछि जेठ र असार महिनाभरि सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न हम्मे [...]
1 2 3 4 5 150