कथा

कथा : पुतली

सञ्जु बजगाईं म छुट्टिएँ । मैले सत्र बर्ष, एघार महिना र पच्चिस दिन लामो मेरो वैवाहिक सम्बन्धको कानुनीरुपले अन्त्य गरेँ । आत्मिक, शारीरिक, सामाजिक, व्यवहारिक, आर्थिक सबै हिसाबले म ऊबाट अलग भएँ । हाम्रो सम्बन्धबिच्छेद भयो । सम्बन्धबिच्छेदसँगसँगै अब म ‘हामी’ बाट ‘म’ अर्थात अनामिका भएँ । अनामिका भएको महिनादिनसम्म मेरो हरेक समय संक्रमणकालीन रह्यो । कयौंदिनसम्म त म आधा गारो भत्किएर ढल्न लागेको घरजस्तै कमजोर भएँ । थुपै्र दिनहरु एक्लोपनको भयले असुरक्षित [...]