अर्थ

किसानलाई आलुको बीउ

दैलेख असाेज ८ गते । पंचदेवल विनायक नगरपालिका–८ अछामको बारला गाउँकी धर्मा ढकालको परिवार परम्परागत खेतीमा निर्भर छ । उनको परिवार बारीमा उत्पादन भएको खाद्यान्नले जसोतसो जीविकोपार्जन गर्दै आएको छ । परम्परागत खेतीबाट गुजारा गर्दै आएको धर्माको परिवार अब भने व्यवसायिक तरकारी खेतीमा जुटेको छ । तरकारी खेतीका लागि उनले आलुको बीउ समेत सहयोग पाएकी छिन् । स्थानीय लालीगुराँस कृषक समुहकी सदस्य समेत रहेकी उनले पाएको २५ केजी आलुको बीउ व्यवसायिक रुपमा लगाउने [...]

पहिरो पीडितको गुनासो : कहिले पाइएला सुरक्षित बास ?

हिक्मतबहादुर नेपालीदैलेख भदौ २६ गते । एक सय बढी घरहरु रहेको बस्ती हो, गैरागाउँ । पहिरोले नराम्ररी थला परेको यो गाउँलाई अहिले शोकसँगै भोकले गाँज्न थालेको छ । गाउँ वरपर सग्लो जमिन छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका दानबहादुर कठायत पहिरोले बगाएको आफ्नै गाउँ हेरेर बेलाबेला आँसु खसाल्छन् । पहिरोमा छोरा गुमाएका कठायत भन्छन्, ‘बाँच्न त बाँचियो, तर न बस्ने बास रह्यो, न त खेतबारी, गाउँनै रहेन, अब कहाँ जाने के गर्ने ?’ [...]

अब प्रदेशकै लेखा एकाई

सुर्खेत भदाै २५ गते । कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा एकाई कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालय अन्तरगत कर्णाली प्रदेशका सुर्खेत बाहेक नौ जिल्लामा प्रदेश लेखा एकाई कार्यालय स्थापना गरिएको हो । प्रदेशका कार्यालयहरु स्थापना नहुँदा मलेनिकाले कर्णाली प्रदेशका जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत लेखाको काममा [...]

उत्थान परियोजनामार्फत दुल्लु नगरमा यसरी हुँदैछ काम

दैलेख भदौ १८ गते ।जिल्लाको दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ । परियोजनाले दुल्लुका वडा नम्बर १, २, ३, ४ र ९ लाई समेटेको छ । परियोजनाले २६ वटा नागरिक समाज संघ संस्थाहरु पहिचान गरिसकेको परियोजनाका सामुदायिक [...]

प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र ११ वटै तहलाई मागपत्र

दैलेख भदौ १९ गते ।जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले प्रधानमन्त्री केपी शर्मा ओली, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र दैलेखका ११ वटै स्थानीय तहलाई माग पत्र बुझाएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत माग पत्र बुझाएको छ । संघका अध्यक्ष कविराज खत्रीको नेतृत्वमा गएको टोलीले माग पत्र बुझाएको हो । दैलेख जिल्लाका लघु, घरेलु तथा कृषि उद्यमीका समस्याहरु तत्काल सम्बोध गर्न प्रधानमन्त्री, कर्णाली प्रदेशका मूख्यमन्त्री, उद्योग, [...]

कृषकको उत्पादन बजारीकरण गर्दै सहकारी

दैलेख भदाै १६ गते । ग्रामिण भेगमै सहकारीले किसानका उत्पादनको बजारीकरण गरिदिन थालेपछि उनिहरूको आम्दानी बढ्न थालेको छ । दैलेखको चामुण्डाबिनद्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले किसानहरूलाई उत्पादन र बजारसंग जोड्न सुरू गरेको हो । सहकारी संस्थाले पहिलो चरणमा गएको साउन २२ गतेदेखि स्थानीयस्तरमा उत्पादित किसानहरूको दुधको बजारीकरण सुरू गरेको छ । जसका लागि दुग्ध विकास कार्यक्रम संचालनमा ल्याइएको सहकारीले [...]

विपन्नलाई बाख्रा

अछाम (बारला) भदाै १० गते । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला पंचदेवल विनायक नगरपालिकाका विपन्न घरपरिवारलाई बाख्रा वितरण गरिएको छ । विपन्न घरपरिवारलाई आत्मनिर्भर बनाउन र उनीहरूको जीवनस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो । डिसिए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित ‘गिफ्ट परियोजना’ ले बाख्रा वितरण गरेको हो ।बाख्रापालन व्यवसायबाट अछामका ७ विपन्न घरपरिवार प्रत्यक्ष लाभ लिएका छन् । पंचदेवल विनायक [...]

नियम बमोजिम ३५ दिनभित्र बेरुजु फर्स्यौट गर्दैनन् स्थानीय तह

नेपालगन्ज भदौ ७ गते । नेपाल सरकारले प्रतिविद्यार्थी अनुदान रकम (पीसीएफ) कार्यक्रम बन्द गरिसकेको छ। शिक्षक दरबन्दी नभएको वा स्थायी दरबन्दी न्यून भएका विद्यालयमा विद्यार्थीको अनुपातमा कम्तीमा एक शिक्षकको वर्षभरीको तलब बराबरको रकम अनुदानको रूपमा विगतमाम एकमुष्ट दिइन्थ्यो। दाङको गढवा गाउँपालिकाले ०७५/७६ मा सरकारले हटाइसकेको पीसीएफ कार्यक्रमका नाममा २९ वटा सामुदायिक विद्यालयलाई ३० लाख रुपैयाँ बाँड्यो।  एउटा विद्यालयलाई कम्तीमा एक लाखदेखि बढीमा [...]

पीसीआर परीक्षणमा ३ अर्ब १९ करोड खर्च

काठमाडौं भदौ ५ गते । सरकारले कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षणमा मात्र करिब तीन अर्ब १९ करोड खर्च गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म पीसीआर परीक्षणमा मात्र तीन अर्ब, १८ करोड, ९४ लाख, ४४ हजार पाँच सय खर्च भएको हो। गौतमका अनुसार राज्यले यत्ति ठूलो रकम खर्च गर्दा ३० हजार ४८३ जनाको रिर्पाट पोजिटिभ आएको छ। अहिलेसम्म सरकारले पाँच लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरेको छ।  प्रति एक [...]

कर्णाली किनारमा सामुहिक तरकारी खेती (भिडियो सहित)

दैलेख साउन ३० गते ।जिल्लाको आठबीस नगरपालिका–३ साईमा सामुहिक तरकारी खेती सुरु गरिएको छ । कर्णाली नदिको किनारमा रहेको खेतीयोग्य जमिनमा सामुहिक तरकारी खेती सुरु गरिएको हो । आठबीस नगरपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोगमा सामुहिक तरकारी खेती सुरु गरिएको हो । यहाँका कर्णाली कृषि समुहमार्फत सामुहिक तरकारी खेती गर्न थालनी गरिएको हो । उक्त समुहमा २३ जना सदस्यहरु आबद्ध रहेका छन् । समुहका अध्यक्ष मिमबहादुर शाहीका अनुुसार झण्डै ३६ [...]
1 2 3 34