सरकारी अड्डामा अर्बौका फर्निचर र मोटरसाइकल
काठमाडौं : सबै सरकारी कार्यालयमा चालु आर्थिक वर्ष २०७७\७८ बाट सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस) लागु भएको छ । यस प्रणाली अनुसार अब तीन वटै तहका सरकारी कार्यालयले आफ्नो सम्पत्ति विवरण यो प्रणालीमा अनिवार्य प्रविष्ट गर्नुपर्छ । त्यसअगाडी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार महालेखा परीक्षक कार्यालयले यो प्रणाली विकास गरी सरकारी कार्यालयबाट विवरण मागेको थियो । कार्यालयले चालु आर्थिक वर्ष शुरु भएयता संकलन भएको [...]