अर्थ

सामुहिक आलु खेतीमा दलित समुदाय

? ज्वाला सन्देश संवाददातादैलेख कात्तिक ३ गते ।जिल्लाको दुल्लु नगरपालिका–९ का दलित समुदायले सामुहिक आलु खेती सुरु गरेका छन् । परम्परागत रुपमा गरिने खेती प्रणालीमा निर्भर यहाँका दलित समुदाय सामुहिक आलु खेतीमा आबद्ध भएका हुन् । उनिहरु समुहमा आबद्ध भएर व्यवसायिक रुपमा सामुहिक आलु खेतीमा लागेका हुन् । यहाँका २२ जना किसानहरुले झण्डै १६ रोपनी क्षेत्रफल जग्गामा सामुहिक आलु खेती सुरु गरेका हुन् । स्थानीय माईमालिका दलित कृषि तथा पशुपालन सहकारी संस्थाका [...]

भैरहवाको सेवा अब नयाँ भवनबाट

दैलेख कात्तिक २ गते । जिल्ला सदरमुकाम दैलेख बजारमा बर्षौ बर्षदेखि सञ्चालनमा रहेको भैरहवा सुनचाँदी पसलले नयाँ भवनबाट सेवा दिन थालेको छ । पसलले नारायण नगरपालिका–१ लोकतान्त्रिक चोक पुरानो बजारमा भर्खरै निर्माण सम्पन्न सुविधा सम्पन्न भवनबाट ग्राहकहरुलाई सेवा दिन थालेको हो । आइतवार दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले रिवन काटेर नवनिर्मित भवन र नयाँ भवनबाट सेवा दिन थालिएको पसलको उद्घाटन गरेका छन् । सेनानी विकेसिंह विश्वकर्मा, प्रहरी [...]

वीरगन्जबाट २३ किलो सुन र दुई किलो चाँदी बरामद

वीरगञ्ज कात्तिक १ गते । वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २३ किलो बढी सुन बरामद गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबर दुई घण्टा लामो समय छापा मारेर २३ किलो बढी  सुन बरामद गरेको हो । निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । सुन र चाँदी बरामद भएको विषयमा पत्रकार सम्मेलन गरेर यसको विवरण [...]

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, असोज ३० गते । नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ । कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । कोषले आगामी कात्तिक २ [...]

कुमालखाडालाई नमुना गाउँ बनाईदै

हिक्मतबहादुर नेपालीदैलेख असोज २६ गते । आठबीस नगरपालिका–३ कुमालखाडा गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो । यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ । तर, यहाँका नागरिक गरिबी, विपन्नता र पछौटेपन भोगिरहेका छन् । झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितको कहालीलाग्दो अवस्था थियो । केही एचआइभी संक्रमितले ज्यान गुमाइसके । केही नियमित औषधि सेवन गरेर दैनिकी गुजारिरहेका छन् ।  हाल रोग, भोक, गरिबी, विपन्नता र पछौटेपनले पिल्सिएको यो गाउँको मुहार [...]

गरिबी घटाउन एनआरएनएले सहकार्य गर्ने

काठमाडौं असाेज २५ गते । : कोरोना भाइरस(कोभिड १९) ले धेरै नेपालीहरु चरम गरिबीको रेखामुनि धकेलिने खतरा देखिएको भन्दै त्यसबाट जोगाउन गैरआवासीय नेपालीहरुले सहकार्य गर्ने उद्घोष गरेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आयोजनामा भर्चुअलरुपमा तीन दिनसम्म सञ्चालन भएको दोस्रो विश्वज्ञान सम्मेलनले नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ। उत्पादन बढाउनका लागि कृषि नीतिमा कृषकको आय श्रोतले धान्न सक्ने [...]

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने विश्व बैंककाे अनुमान

काठमाडाैं असाेज २२ गते । विश्व बैंकले स् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बै‌ंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ हुने अनुमान गरेको छ । नेपाल सरकारले भने आर्थिक वर्ष २०७६/७७ मा भने [...]

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडाैं असाेज १२ गते । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन्।कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन्। मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन्। उनीहरु अधिकांश [...]

किसानलाई आलुको बीउ

दैलेख असाेज ८ गते । पंचदेवल विनायक नगरपालिका–८ अछामको बारला गाउँकी धर्मा ढकालको परिवार परम्परागत खेतीमा निर्भर छ । उनको परिवार बारीमा उत्पादन भएको खाद्यान्नले जसोतसो जीविकोपार्जन गर्दै आएको छ । परम्परागत खेतीबाट गुजारा गर्दै आएको धर्माको परिवार अब भने व्यवसायिक तरकारी खेतीमा जुटेको छ । तरकारी खेतीका लागि उनले आलुको बीउ समेत सहयोग पाएकी छिन् । स्थानीय लालीगुराँस कृषक समुहकी सदस्य समेत रहेकी उनले पाएको २५ केजी आलुको बीउ व्यवसायिक रुपमा लगाउने [...]

पहिरो पीडितको गुनासो : कहिले पाइएला सुरक्षित बास ?

हिक्मतबहादुर नेपालीदैलेख भदौ २६ गते । एक सय बढी घरहरु रहेको बस्ती हो, गैरागाउँ । पहिरोले नराम्ररी थला परेको यो गाउँलाई अहिले शोकसँगै भोकले गाँज्न थालेको छ । गाउँ वरपर सग्लो जमिन छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका दानबहादुर कठायत पहिरोले बगाएको आफ्नै गाउँ हेरेर बेलाबेला आँसु खसाल्छन् । पहिरोमा छोरा गुमाएका कठायत भन्छन्, ‘बाँच्न त बाँचियो, तर न बस्ने बास रह्यो, न त खेतबारी, गाउँनै रहेन, अब कहाँ जाने के गर्ने ?’ [...]
1 2 3 4 5 37