कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बुद्ध एयर र निगमले सिधा हवाई उडान गर्ने

          |   प्रकाशित मितिः बिहिबार, चैत्र ८, २०७४     ::: 318 पटक पढिएको   |  

चैत ८ सुर्खेत । राजधानी काठमाडौंसँग कर्णाली प्रदेशको राजधानी सुर्खेत अबको दुई हप्ताभित्र सिधा हवाई उडानमार्फत जोडिने पक्का भएको छ ।

करिब १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहि समय नियमित उडान भए पनि भारतीय नाकाबन्दी लगत्तै उडान हुन सकेको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति दिएका हुन् ।

संस्मृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुबीच कर्णालीको पर्यटन विकास सम्बन्धी बुधबार भएको छलफलमा निजी बायुसेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले सुर्खेत उडान सुरु गर्ने घोषणा गरेको हो ।

उक्त छलफलमा बुद्ध एयर र नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशक रुपेश जोशीले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले चैत २१ गते बाट उडान सुरु गर्ने बताए ।





Leave a comment

Your email address will not be published.


*