त्रीदेशिय सडकको शिलान्यास

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ ७, २०७५     ::: 178 पटक पढिएको   |  

फोटो – डोजर चलाएर सडकको शिल्यान्यास गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ।

दैलेख जेठ ७
कर्णाली प्रदेश सरकारको प्राथमिकतामा परेको त्रीदेशिय सडकको शिल्यान्यास गरिएको छ । जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना सम्म जोडिने त्रि–देशिय राष्ट्रिय गौरवको सडक अन्र्तगत दैलेख खण्डको शिल्यान्यास कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् । सोमवार विहान प्रदेश राजधानी वीरेन्द्रनगरदेखि दैलेख आइपुगेका मुख्यमन्त्री शाहीले दैलेखको माथिल्लो डुङ्गेश्वर देखि दुल्लु सडक खण्डको शिलान्यास डोजर चलाएर गरेका हुन् ।
सडकको शिल्यान्यास गर्दै मुख्य मन्त्री शाहीले विकास निर्माणमा कर्णालीले अव गति लिने बताए । श्रमको सम्मान हुने गरि सरकारले काम गर्ने र कर्णालीका सबै ठाउँमा यातायातको पहुँच विस्तार गर्ने रणनीति तथा प्राथमिकता रहेको मुख्यमन्त्री शाहीले उल्लेख गरे । ‘विकासमा कर्णाली अगाडी बढ्यो’ उनले भने, ‘अव कोही पनि पछि प¥यौं भनेर पछुताउनुपर्ने अवस्था रहँदैन् ।’ कर्णालीलाई चीनसँग जोड्न मदत पुग्ने गरि सरकारले आफ्ना कामकारवाही तीव्र पारेको उनको भनाई छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकार निती तथा कार्यक्रमको कार्यान्वयनमा रहेको बताए । उनले कानुनको अप्रयाप्तता, जनशक्ति र संयन्त्र अभावका कारण आगामी आर्थिक वर्षका लागि बजेटको तयारीसँगै छोटो समयमा ल्याएको बजेट खर्चिनुपर्ने बाध्यता सरकारसँग रहेको बताए ।
बाँकेको जमुनाह–कोहलपुर–दैलेख–मुगुको नाग्चेलाग्ना हुँदै चीनको सिमासम्म जोड्ने उक्त सडक निर्माणलाई प्रदेश सरकारले पहिलो विनियोजन विद्येयकमा महत्वका साथ प्रस्तुत गरेको थियो । चालु आर्थिक बर्षमा तीन करोड ३५ लाख १६ हजार बजेट विनियोजन गरिएको छ । सडकको निर्माणको जिम्मा केएसके निर्माण कम्पनीले पाएको छ । प्रदेश सरकारको यो सडक योजना पूर्णरुपमा निर्माण भए कर्णाली प्रदेश चनसँग जोडिने छ ।





Leave a comment

Your email address will not be published.


*