भगवतीमाई गाउँपालिकाका ३२४ घर शौचालय विहिन

          |   प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     ::: 78 पटक पढिएको   |  

दैलेख पुष २७, केही वर्ष अघि तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको दैलेखको भगवतीमाई गाउँपालिका ३ सय २४ घर शौचालय विहिन रहेको तथ्य सार्वजनिक भएको छ । भगवतीमाई गाउँपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सामाजिक सहजिकरणमा सरसफाई रणनैतिक गुरुयोजना निर्माणको क्रममा गरिएको सर्वेक्षणमा यस्तो भेटिएको हो ।
३३ सय ६३ घरधुरी मध्ये ३ सय २४ घरधुरीमा शौचालय नभएको पाईएको परियोजनाका फिल्ड संयोजक प्रकाश अधिकारीले बताए । भगवतीमाई गाउँपालिका वडा नं १ पगनाथका ५३ घर, वडा नं. २ रुमाका ४५ घर, वडा नंं.३ मेहेल्तोलीका ६३ घर, वडा नं. ४ जगनाथका १४ घर, वडा नं.५ र ६ कट्टीका ७५ घर र वडा नं. ७ बडाभैरवका ७४ घर विहिन रहेको पाईएको अधिकारीले बताए । शौचालय नभएको बारे सम्बन्धित वडामा सम्मेत जानकारी भएकोले आफुहरु गाउँपालिकासंग समन्वय गरी सबै घरधुरीमा शौचालय बनाउने भगवतीमाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दान बहादुर खड्काले बताए ।
प्रयोगमा आएन सार्वजनिक शौचालय
नारायण नगरपालिकामा सार्वजनिक शौचालय निर्माण गर्न लाखौं रकम खर्च गरे पनि निर्माण भएका सार्वजनिक शौचालय प्रयोगविहिन अवस्थामा रहेका छन् । नारायण नगरपालिकाले दैलेखका चार वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गरे पनि उक्त शौचालय प्रयोगमा नआउँदै बन्द भएका छन् ।
यि चार स्थानका शौचालयहरु प्रयोगमा नआउँदै भत्कन थालेका छन् । त्रिभुवन मावीको परिषरमा बनाइएको सार्वजनिक शौचलय जिर्ण बन्दै गएको छ । यस्तै पुरानो बजार स्थित बसपार्कमा निर्माण गरिएको शौचालय जिर्ण बनेको छ । केही वर्ष अघि खुल्ला दिशामुक्त अभियान संचालनको क्रमममा नारायण नगरपालिकाले झण्डै ५० लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको सार्वजानिक शौचालय संचालनमा नआउँदै बन्द छन् । जसका कारण दैलेख सदरमुकाममा यात्रा गर्ने यात्रीहरुलाई समस्या भएको छ ।
भगवतीमाई गाउँपालिका– ६ कट्टि स्थित कपडाको ढोका भएको शौचालय ।





Leave a comment

Your email address will not be published.


*