देउतीको दोश्रो साधारण सम्पन्न

          |   प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     ::: 77 पटक पढिएको   |  

चामुण्डा (दैलेख) ।
देउती बहुउद्देश्यी सहकारी संस्थाको दोश्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार चामुण्डाविन्द्रासैनी ५ को बान्द्रेखालीमा एक समरोह बीच साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले सहकारीले जनता हितमा काम गरेको प्रशंसा गर्दै आगामी दिनमा थप प्रगतिको कामना गरे । साथै वर्तमान समय नगरपालिकाले विकास निर्माण तिव्रगतिमा अघि बढाईएको जानकारी दिए । ‘पछिल्लो समय यहाँ विकास भएन भनेर विरोध होइन, ‘विकास दुत्रगतिमा अघि बढ्यो भनेर विरोध गरेका छन,’ उनले भने ।
वर्तमान समय प्रतिक्रियावादी शक्तिहरु आफै विकास निर्माण अपरोध गरी आफै भ्रम फैलाउने गरेको कार्य प्रति खेद प्रकट गरे । उनले कसका पालमा कति विकास भयो भनेर जनताले प्रष्ट रुपमा मुल्याङ्क गरिसकेको बताए । टोल वस्तीमा गएर झुटो भ्रम नफैलाउन आग्रह गर्दै विकास निर्माण सरकार एक्लैको प्रयासबाट मात्र सम्भव नहुने भएकाले विकास गर्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही –खत्री) ले सहकारीले उत्पादनडमा जोड दिनुपर्ने बताइन् । सुखी नेपाली, समुद्ध नेपाल नारालाई कार्यान्वय गर्नका लागि सहकारी उत्पादनमा जोडिनुपर्ने आजको आश्यकता रहेको उनको भनाई छ । देउती सहकारी संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी नगरपालिका सहकारीको समग्र विकासका लागि सहयोग गर्न सधै तयार रहेको उनले बताइन् ।

आर्थिक वर्ष २०७५÷०७६ र चालु आर्थिक हालसम्म १९ लाख ३० हजार ८ सय बीस रुपियाँको कारोबार भएको देउती सहकारी संस्थाका अध्यक्ष हस्तप्रसाद शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षमा चामुण्डाविन्द्रासैनी ५ मा जडिबुटीको नर्सरी स्थापन गर्ने, सहकारीको भवन निर्माण गर्ने, सहकारी शेयर सदस्यहरुलाई आर्थिक मजबुद बनाउन टोल–टोलमा पोखरी निर्माण गर्ने र उन्नत जातका विउ विजन वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिए । सहकारीका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


Leave a comment

Your email address will not be published.


*