गोठ भत्काएर, प्याड बाँडेर मात्र छाउपडी अन्त्य हुँदैन

          |   प्रकाशित मितिः बिहिबार, माघ २, २०७६     ::: 306 पटक पढिएको   |  

नेपालमा जति घरेलु हिंसा भइरहेका छन्, यसको मूल जरो ‘मिन्स एन्ड रेस्ट्रेक्सन’ हो । महिनावारी भएको होस् वा नहोस् किशोरीहरूले ७–८ वर्षदेखि नै महिनावारी बार्ने चलनका कारण शक्तिशालीरशक्तिविहीन भन्ने विचार बनाउँछ ।

चितवनको मंगलपुरमा ४६ वर्षअघि जन्मिएकी राधा पौडेलको ‘खलंगामा हमला’ पुस्तकले मदन पुरस्कार पाएको थियो । कामको सिलसिलामा जुम्ला बस्दा देखेका–भोगेका घटना र संस्मरणको संगालो हो ‘खलंगामा हमला’ । बाल्यकाल चितवनमै बिताएकी राधा गाउँ–सहर जहाँसुकै महिनावारीको समयमा हुने छुवाछूतलाई छाउपडीको संज्ञा दिन्छिन् । स्कुले अध्ययन चितवनमै पूरा गरेकी राधाले तीन विषयमा स्नातकोत्तर गरेकी छन् । उनले महिनावारीकै विषयमा पीएचडी गर्दै छिन् । उनले संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यान्टियोगोबाट वुमन पिसमेकर २०१२ र राष्ट्रसंघीय विकास कार्यक्रमबाट पिस अवार्ड २०१२ प्राप्त गरेकी छिन् ।

महिनावारीमा गरिने छुवाछूतलाई मर्यादित र सम्मानित बनाउने अभियानमा उनी सक्रिय छिन् । राधा सानैदेखि विद्रोही स्वभावकी थिइन् । छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने मान्यता भएको समाजमा उनले ११ वर्षअघि आमाको किरिया गरिन् । उनी महिनावारी भएको समयमा धेरैपटक मन्दिर पनि गएकी छन् । ‘खलंगामा हमला’, ‘शान्तिका पाइला’, ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ र ‘अपवित्र रगत’ गरी उनका चार पुस्तक प्रकाशित छन् । मर्यादित महिनावारीमा अनुसन्धान गर्ने पहिलो अभियन्ता राधासँग गरिएकाे कुराकानीको सम्पादित अंश :

पहिलोपटक महिनावारी भएका किशोरीलाई हिन्दूधर्मअनुसार लुकाउने चलन जायज हो ?

यो किशोरीमाथि थोपरिएको विभेद हो । महिनावारी भएका किशोरीले सम्मानजनक जिउन पाउनुपर्ने अधिकारको हनन् हो ।

महिनावारीका बेला मन्दिर प्रवेश गर्नुहुँदैन वा पूजा गर्नुहुँदैन् भन्ने मान्यतासमाजमा यथावतै छ । यसलाई के भन्नुहुन्छ ?

देवीहरू बस्ने संसारका कुनै पनि मन्दिरमा सात दिनसम्म पूजा गर्न मिल्दैन किनभने उनी महिनावारी भएकी छन् भनेर बन्द गरिएको वा सूचना टाँसिएको छैन । महिनावारीकै बेला धेरै महिलाले पूजा वा श्राद्ध गर्छन्, दसैं–तिहार मनाउँछन् । आमाको किरिया गर्छन् तर केही भएको छैन । देवता रिसाउँछन्, बिरामी पर्छन् भन्नु समाजले लादेको मनभित्रको डर मात्रै हो ।

महिनावारीबारेकति वर्षको उमेरमा थाहा पाउनुभयो ?

म सात वर्षकी छँदा आमा महिनावारी भएको बेलामा तिघ्राबाट रगत बगेको देखेपछि अत्तालिएँ । शरीरमा अलिकति काट्दा त दुख्छ भनेआमालाई धेरै काटेको हुनाले रगत आएको होला भन्ने सोचें । किन यस्तो भयो भनी आमालाईसोध्दा ‘यो भगवान्को पाप हो, ठूली भएपछि थाहा पाउँछेस्’ भन्नुभयो । त्यसपछि म ठूलो चिन्तामा परें, मलाई खुल्दुली भयो । आमा किन पापी रु महिला किन पापी रुपुरुष किन धर्मात्मारुभन्ने सोच मनमा आयो ।पछिमहिनावारी प्राकृतिक हो भन्ने थाहा पाएँ । त्यसअघि त महिनावारीमा गरिएको भेदभाव थाहा पाएदेखि मलाई पुरुष हुन मन लाग्थ्यो । नौ वर्षको उमेरमा महिनावारीबारे थाहा पाएपछि मलाई के गरूँ, कसो गरूँ भयो ।मर्न पाए हुन्थ्यो र पछि छोरा भएर जन्मन पाए हुन्थ्यो भन्ने पनि लाग्यो । त्यही सोचेर एकदिन घरबाट निस्किएँ । जंगलमा पुगें तर आधा बाटोबाट फर्किएँ । मकैबारीमा लुकेकी थिएँ तर राति आमाले बोलाएपछि घर आएँ । त्यसपछि यही क्षेत्रमा काम गर्छु भन्ने अठोट लिएँ ।त्यही नै महिनावारीक्षेत्रमाकाम गर्ने मेरो ‘टर्निङ प्वाइन्ट’ भयो ।

पहिलोपटक तपाईंको महिनावारी कहिले भयो ?

१४ वर्षमा मेरो पहिलो महिनावारी भएको थियो । दिदी र आमाले महिनावारी बारेको देख्दा जेलमा बसेजस्तो लाग्थ्यो । महिनावारी हुँदा म लुिक्दनँ भन्ने अठोट गरेकी थिएँ । स्कुलबाट घर फर्कंदा महिनावारी भएकी थिएँ । घरमा केही नभनी ठूली दिदीको घरमा गएँ । त्यहाँ महिनावारी भएको बेला बार्ने चलन थिएन । घरमै बसें भने लुकाउन राख्छन् भनेर भागेर दिदीको घर गएँ । स्कुल बिदा हुने समय परेकाले दिदीको घरमा बसें । त्यहाँ मैले बारिन । पाँचौं दिन मात्र घरमा आएँ । त्यतिबेलादेखि अहिलेसम्म मैले महिनावारी बारेकी छैन ।

महिनावारी नबार्दा घरमा कस्तो परिस्थिति उत्पन्न भयो ?

कुनै पनि बुवाआमाले छोराछोरीलाई अस्वीकार गर्न सक्दैनन् । नयाँ काम गर्ने आँट हुनुपर्छ । महिनावारी नबार्दा मेरा अभिभावकले कहिल्यै मलाई किन यस्तो गरिस् भनेर भन्नु भएन ।

महिनावारीकै क्षेत्रमा काम गर्दा कत्तिको चुनौती सामना गर्नुपरेको छ ?

महिनावारी हुँदैमा कोही अपवित्र हुँदैन । अहिले पनि समाजमा महिनावारीलाई फोहोर रगत मान्ने चलन छ । भान्सामा छोए पाप लाग्छ, पूजाकोठामा जान हुँदैन भन्ने मान्यता छ । शिक्षितकै घरमा यस्ता विश्वास यथावत् छन् । रूख–बिरुवा छोए कुहिन्छ भनिन्छ । तालिममा जाँदा पनि कतिले विरोध गर्थे । गाउँगाउँमा काम गर्दा कतिको गाली खानुपर्‍यो । पैसा नहुनु, सरकारको साथ नपाउनु पनि मेरा लागि चुनौती छ ।

हिंसाको जरो महिनावारी हो ?

नेपालमाजति घरेलु हिंसा भइरहेका छन्, यसको मूल जरो ‘मिन्स एन्ड रेस्ट्रेक्सन’ हो । महिनावारी भएको होस् वा नहोस् किशोरीहरूले ७–८ वर्षदेखि नै महिनावारी बार्ने चलनका कारण शक्तिशालीरशक्तिविहीन भन्ने विचार बनाउँछ । यसको सम्बन्ध सबै खालको हिंसा, शान्ति र इम्पावरसँग छ ।

महिनावारीबारे विदेशमा पनि धेरै तालिम दिनुभयो । विदेशमा यसप्रति कस्तो धारणा छ ?

संसारैभरि महिनावारीप्रतिको धारणा नकारात्मक छ । मैले १७–१८ देशमा महिनावारीसम्बन्धी तालिम दिइसकें । नेपालमा महिलाले महिनावारीका बेला खान हुने–नहुने, छुन हुने–नहुने ४० वटा सूची होलान्, विदेशमा ५ वटा होलान् । विदेशमा पनि महिनावारी बार्ने चलन छ तर उनीहरू खुलेर नभनी बहाना बनाउँछन् । जापानमा सन् १९४७ को नीतिमा महिनावारीको बिदा दिइएको छ । महिलाले बिदा त लिन्छन् तर महिनावारी भएर अफिस आउँदिन भन्दैनन् ।

महिनावारीमा शारीरिक पीडा हुने भएकाले बार्ने नियम बनेको तर्क पनि गरिन्छ नि ?

यो गलत हो । भान्सामा काम गर्दा गाह्रो हुने तर घरबाहिर घाँस–दाउरा गर्न र भारी बोक्न चाहिँ हुने रु आरामको नाममा महिलालाई भान्सामा जान रोक लगाउनु, खान पाउने अधिकारको पनि हनन् हो । यो धार्मिक अतिवादीहरूको अवैज्ञानिक तर्क हो ।

महिनावारी बार्ने सम्बन्धमा पहिलेभन्दा परिवर्तन भएको हो ?

एकाध अपवादबाहेक यो चलन घटेको छैन, स्वरूप फेरिएको छ । पहिले महिनावारी बारेको सजिलै देखिन्थ्यो भने सजिलै नदेखिने अवस्था छ । सार्वजनिक जीवनमा नबारेको देखिए पनि निजी जीवन मा बारिरहेका हुन्छन् । अमेरिका एवं युरोप बस्नेहरूले पनि संस्कृति भन्दै बारेको देखिएको छ ।

छाउपडी र महिनावारीका बेला गरिने भेदभाव हटाउन के गर्नुपर्ला ?

छाउपडीका दुई रूप छन् । सुत्केरी हुँदा र महिनावारी हुँदा छुट्टै राखिने दुवै छाउपडी हुन् । सुत्केरी हुँदाको छाउपडी सरकारको नीति र बजेटका कार्यक्रमले धेरै कम भएको छ । महिनावारीहुँदाको छाउपडी भने सरकारले प्याड बाँडेर, चर्पी बनाएर र गोठ भत्काएर मात्र अन्त्य हुँदैन् ।

डिसेम्बर ८ मा मर्यादित महिनावारी दिवस मनाउनुको कारण ?

डिसेम्बर मानव अधिकारको महिना हो । महिला हिंसाविरुद्धको १६ दिने अभियानकै अवसर पारेर डिसेम्बर ८ मा मर्यादित महिनावारी दिवस मनाइएको हो । दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवाधिकारका लागि मर्यादित महिनावारी’ थियो । महिनावारीका बेला किशोरी, महिलाले यौनजन्य हिंसा, बलात्कार तथा ज्यानसमेत गुमाइरहनुपरेकाले महिनावारीका कारण गरिने सबै खाले हिंसाको अन्त्य गर्न पनि यो दिवस मनाइएको हो । ७ प्रदेश १४ जिल्लामा स्कुल, कलेज, राजनीतिक पार्टी, स्टेकहोल्डरसँग मानव साङ्लो,अन्तक्र्रिया, सिग्नेचरजस्ता कार्यक्रम गरियो । संसारमै पहिलोपटक यस्तो कार्यक्रम सुरु गर्ने नेपाल हो । अहिले विश्वका विभिन्न देशमा मनाउन थालिएको छ ।

भावी योजना के–के छन् ?

२४ सै घन्टा महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने सोच्छु । यो संसारभरिका महिलाको मुद्दा हो । महिनावारी हुँदा छुवाछूत नभई महिलाले मर्यादित जीवन जिउन पाउनुपर्छ । त्यसैका लागि आगामी जेठ १३, १४ र १५ गते काठमाडौंमा मर्यादित महिनावारी कार्यशाला गोष्ठी हुँदैछ । यसमा स्वास्थ्य मन्त्रालय, शिक्षा, खानेपानी, महिला मन्त्रालयको भूमिका हुन्छ । नेपाल छाउपडीको देश होइन, मर्यादित महिनावारीको देश हो भनेर चिनाउन म लागिपर्नेछु । स्रोत : नारी मासिक





Leave a comment

Your email address will not be published.


*