नमासम्, राखम् कर्णाली

          |   प्रकाशित मितिः बुधबार, माघ १५, २०७६     ::: 372 पटक पढिएको   |  

भक्तबहादुर शाही

भक्तबहादुर शाही – गिट्टी बालुवा उत्खनन । विद्युत् उत्पादन । अब यो नदीलाई ‘वाइल्ड एन्ड सिनेक रिभर’ अर्थात् ‘प्राकृतिक र सुन्दर नदी’ घोषणा गरिनुपर्छ । ४ देखि १७ चैत २०७५ सम्म दैलेख आठबीस नगरपालिका–४ कर्णाली नदीकिनार यस्तै प्रतिबद्धता जनाइए । ‘तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन’ले कर्णाली नदीलाई ‘स्वतन्त्र बग्न दिन’ आह्वान ग¥यो ।
स्वदेशी एवं विदेशी विज्ञ टोलीले नदी जोगाउन पहल गरे पनि केही स्थानीय भने संरक्षणका नाममा जलविद्युत् उत्पादन अवरुद्ध गर्न नहुने पक्षमा थिए । नदी संरक्षण संस्थाका पदाधिकारी, कर्णाली कैलाश कर्णाली हु“दै गंगासम्म बग्ने एक मात्र नदी भएकाले ‘स्वतन्त्र बग्न दिनुपर्ने’ पक्षमा उभिए ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना विद्युत् खरिद सम्झौता (पीपीए)मा अल्झिइरहेका बेला प्रभावित क्षेत्रमा भेला भएका नदी संरक्षणकर्ताले कर्णालीमा ‘जलविद्युत् आयोजना निर्माण नगर्न’ माग राखे । ‘हामी विकासविरोधी होइनौं, यदि विद्युत् निकाल्ने हो भने अन्य खोलाबाट निकाल्नुहोस्, सुन्दर प्राकृति उपहारको नदी नबिर्गानुहोस्,’ नदी संरक्षण संरक्षण संस्था अध्यक्ष मेघ आलेको आग्रह थियो ।
राकम कर्णालीमा आयोजित तेस्रो नदी सम्मेलनले ‘कर्णाली घोषणापत्र–२०७५’ जारी गर्दै अन्धाधुन्ध जलविद्युत् उत्पादन लाइसेन्स बजारीकरणको विरोध ग¥यो । ‘नेपाल भ्रमण वर्ष’मा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश समेट्नेगरी राकम कर्णाली– टीकापुरसम्म २ सय ४२ किलोमिटर विश्वको सबैभन्दा लामो ¥याफ्टिङ दौड प्रतियोगिता आयोजना गर्ने घोषणा ग¥यो । यो रुट माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणस्थलमै पर्छ । तर, दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारी यसको खण्डन गर्दै भन्छन्, ‘यो मागले माथिल्लो कर्णाली नबनाऊ भन्नु नै हो ।’

सम्मेलनले भन्यो– नदीलाई स्वतन्त्र बग्न देऊ

यद्यपि, नदी संरक्षण अभियन्ता कर्णालीका शाखा नदीबाट पर्याप्त विद्युत् उत्पादन गर्न सकिने पहिचान भइसकेको अवस्थामा कैलाशबाट मुहान रहेको गंगासम्म मिसिने नदी बाँधविहीन बनाउनुपर्ने बताउ“छन् । शाखा नदीबाट विद्युत् उत्पादन गर्दा वातावरणीय दृष्टिले ‘कति जलविद्युत् निकाल्न सकिन्छ ?’ भन्ने तय गरेर परियोजना सञ्चालनका लागि प्राथमिकता निर्धारण गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
सम्मेलनले कर्णालीलाई ‘धार्मिक सांस्कृतिक, जैविक विविधताको सम्पदा नदी’ घोषणा गरी विश्वसम्पदामा सूचीकृत गराउने अवधारणासमेत अघि सारेको छ । यसका लागि नदी वरपरको ५ किलोमिटर क्षेत्र ‘कर्णाली नदी कोरिडोर’ कायम गरी विशेष संरक्षण योजना लागू गर्नुपर्ने माग छ । तिब्बत माप्चादेखि सुरु भई भारत गंगामा मिसिने कर्णालीको लम्बाइ नेपालभित्र ५ सय ७ किलोमिटर छ ।

हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम, दैलेख, डोटी, सुर्खेत, कैलाली र बर्दिया भएर बग्ने नदी तटमा थुप्रै बस्ती छन् । ‘नदीजन्य प्रकोपबाट सुरक्षित रहन नदी नै नियन्त्रण गर्ने र तटबन्ध एकमात्र उपाय हो भन्ने मानसिकता त्यागेर मानव निर्मित बस्ती जोखिमयुक्त क्षेत्रबाहिर राख्ने व्यवस्था मिलाउनुपर्छ,’ घोषणापत्रमा भनिएको छ, ‘यसका लागि एकीकृत भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।’
कर्णाली प्रदेश र कर्णाली नदीको जैविक विविधतालाई उच्च महŒव दिएर अध्ययन–अनुसन्धानको विशेष ‘हब’ बनाउन पहल गरिने प्रतिबद्धता जनाएको छ । यसका लागि कर्णाली नदी संरक्षण र कर्णाली प्रदेशको विकासका लागि समान मत भएका प्रतिबद्ध नेपाली तथा विदेशी सम्मिलित ‘कर्णालीका मित्रहरू’ (फ्रेन्ड्स अफ कर्णाली) गठन गरिने घोषणापत्रमा उल्लेख छ ।

नदी वरपरको ५ किलोमिटर क्षेत्र ‘कर्णाली नदी कोरिडोर’ कायम गरी विशेष संरक्षण योजना लागू गर्नुपर्ने माग छ । तिब्बत माप्चादेखि सुरु भई भारत गंगामा मिसिने कर्णालीको लम्बाइ नेपालभित्र ५ सय ७ किलोमिटर छ । हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम, दैलेख, डोटी, सुर्खेत, कैलाली र बर्दिया भएर बग्ने नदीतटमा थुप्रै बस्ती छन्

दैलेख, महाबुका युवक मोहन शाही सम्मेलन बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणस्थलको करिब १५ किलोमिटरमाथि (राकम कर्णालीमा) आयोजना हुनु र जलविद्युत् आयोजना निर्माण गर्न नहुने आवाज उठ्नु संयोग मात्र नभएको बताउ“छन् । ‘नदी संरक्षणमात्र गर्ने कि नदीबाट विकास पनि गर्ने ?’ उनको भनाइ छ, ‘अहिलेको मूलभूत मतभेद नै यही हो ।’
सुर्खेत, बराहतालको भेरी बेसिनबाट सम्मेलनमा सहभागी भूमिसरा टमटाले पनि शाहीको मतसँग सहमति जनाइन् । जलविद्युत् आयोजना निर्माण गर्दा जलीय जैविक विविधता र नदी तटमा आश्रित जनताको जीवन ख्याल गर्नुपर्ने उनको भनाइ थियो । ‘हाम्रा अधिकांश ठूला सपना जलविद्युत्सँगै सम्बन्धित छन््,’ भन्छिन्, ‘नदीबाट विद्युत् निकाल्न बन्द गरियो भने त विकास र समृद्धि कहाँबाट भित्रिन्छ ?’नदी संरक्षणकर्ता एवं कर्णाली क्षेत्रका ¥याफ्टिङ व्यवसायी देवराज जैशीले नदीबाट जलविद्युत् मात्र होइन, पर्यटनको सम्भावनासमेत खोतल्नुपर्नेमा जोड दिए ।

कर्णाली र भेरी नदी जलपर्यटन तथा पर्यावरणीय हिसाबले अर्गानिक मानिन्छ । विश्वको पाँचौंमा पर्ने यो नदी बचाउन सके थुपै्र पर्यटक भित्¥याएर समृद्धि ल्याउन सकिने सम्भावना छ । नदीमा विकास संरचना बन्नुलाई सम्मेलनले ‘कुविकास’ भनेको छ । ‘संरक्षण प्रयासबाट सबैभन्दा सीमान्तकृत एवं प्राकृतिक स्रोतमा पूर्ण निर्भर समुदायको हित तथा जीविकोपार्जन केन्द्रमा राखेर परिभाषित गरिनुपर्छ ।राजधानीबाट





Leave a comment

Your email address will not be published.


*