४५ हजार डलरमा ‘प्रेमगीत– ३’

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन ७, २०७६     ::: 140 पटक पढिएको   |  

काठमाडौं : चलचित्र प्रेमगीत–३ को विदेश राइटअन्तर्गत अमेरिका, क्यानडा, मेक्सिको (नर्थ अमेरिका) का लागि ४५ हजार डलरमा अमेरिका क्यानडा राइट्स बिक्री गरिएको छ। यी देशका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवं विभिन्न चलचित्रमा नायकका रूपमा काम गरिसकेका नवराज श्रेष्ठले राइट्स खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन्।
अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्त्वाकांक्षी चलचित्र ‘प्रेम गीत–३’ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। यो चलचित्रको गीत ‘हात्तीढुंगामा’ भिडियो रिलिज हालै युट्युब ट्रेन्डिङ एकमा समेत पर्न सफल भयो।

फिल्मको माग अहिले बढेको र अब युरोप एवं अस्ट्रेलिया राइट्स पनि बेच्ने निर्देशक सेनले जानकारी गराए। यो चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका हुन्। यसमा कल्याण सिंहको संगीत, कविराज गहतराजको नृत्य रहेको छ। गीतको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन्।

चलचित्र प्रेमगीत–३ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन्। चलचित्रका निर्माता सन्तोष सेन हुन्। फिल्मका सहनिर्माता कुमार सान शाह हुन्। यो चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ।





Leave a comment

Your email address will not be published.


*