बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

          |   प्रकाशित मितिः बुधबार, बैशाख १७, २०७७     ::: 165 पटक पढिएको   |  

नयाँदिल्ली : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुख व्यक्त गरेका छन् ।

धेरै जसो कलाकारले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । खान बलिउडमा निकै अब्बल अभिनेताको रुपमा चिनिन्थे । थिएटरबाट फिल्ममा आएका खानले ‘लन्च बक्स’, ‘तलबार’ जस्ता अत्याधिक सफल फिल्ममा अभिनय गरिसकेका थिए । पछिल्लो समय ‘इंग्लिस मिडियम’ फिल्ममा पनि उनको अभिनय छ ।

गत शनिबार मात्रै उनकी आमाको निधन भएको थियो । खानले ‘लाइफ अफ पाइ’, ‘स्लमडग मिलिनियर्स’, ‘जुरासिक वल्र्ड’ जस्ता अन्तर्राष्ट्रिय स्तरमा अत्याधिक सफल फिल्ममा समेत अभिनय गरिसकेका थिए ।





Leave a comment

Your email address will not be published.


*