बन्दाबन्दीको असर : बढ्दै राज्यप्रति वितृष्णा

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ १४, २०७७     ::: 323 पटक पढिएको   |  

निर्मल अधिकारी/nadhikari73@gmail.com

हिजो साँझ त्रिभुवन मावीको क्वारेन्टाइनमा बसेकाले आन्दोलन गरे । केहि दिन अघि नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेकाले आन्दोलन गरे । गुराँस गाँउपालिकाको रातानाङ्गलामा पनि त्यस्तै नाराबाजी चलेको थियो । अनि सुनिदै थियो सुर्खेतको छेडामा रोकिएका सयौ यात्रुहरु पनि आन्दोलनमा उत्रिएका छन् । आन्दोलन गर्नु जायज थियो वा गलत त्यो सम्बन्धित आन्दोलनकारीलार्ई जानकारी होला । नारायण क्याम्पसको क्वारेन्टाईनमा आन्दोलन गर्ने तिनै पक्ष थिए जसको पिडा गुराँसेमा मैले प्रत्यक्ष देखेको थिए । आन्दोलन मार्फत न्यायका लागि आफ्नो पीडा सम्बन्धित निकायलाई सुनाउने उनीहरुले गरेको प्रयासलाई हामीले सलाम गर्नेपर्छ । त्यो बाहेक उनीहरुसँग अरु विकल्प पनि थिएन् । सम्बन्धित राज्य सञ्चालकहरुले आन्दोलनलाई अराजकतासँग मात्रै नजोडेर उनीहरुको राज्यप्रतिको वितृष्णा र आक्रोशका रुपम बुझ्न पनि जरुरी छ ।
झण्डै दुई महिना भन्दा बढीको बन्दाबन्दीले गर्दा भारत कमाउन गएका उनीहरुले महिनौ सम्मा सिमा नाका र सडकमै रात बिताउने गरेका थिए । शरिर गलाउने गर्मि अनि सडकको बास र घरको चिन्ताले लामो समयदेखि पिडा दिएको थियो । उनीहरु कुनै सम्भ्रान्त वर्गका होइनन् जो आफ्नो कमाईबाट विदेश सयर गर्न गएका थिए । श्रीमतिको टालो हालेको चोली बदल्न र बालबच्चाको हातमुखको जोहो गर्न भारत छिरेका ति गरिब र विपन्नहरु महिनौ देखि वेखर्ची भए पछि आफ्नै गाउँ फकिएका हुन ।
भारतिय विस्तारवादको नीतिलाई सबै नेपाली अनि ति यात्रुहरुले पनि राम्रैसँग बुझेका छन् । भर्खरैको लिपुलेख र सिमाविवाद पनि उनीहरुलाई थाहा छ । तर के गर्नु राष्ट्रियता र स्वाभिमानले मात्रै भोको पेट नभरिने रहेछ । अनी नत नाँगो शरीर ढाकिन्छ । यो सत्ता सञ्चालकहरुको सत्ता जोगाईराख्न, भजाईने मन्त्र ठानेका ति नागरिकले मोदी सरकारको राम्रो प्रशंसा मात्र गरेन्न जयजयकार पनि गरे । यदी भारतीय सरकारले आफुलाई सहजै नागरिकता दिने भए आफ्नो देशको नागरिकता च्यात्ने सम्म उनीहरुको अभिव्यक्ति थियो । गत वर्ष तराई मुलका केही युवाहरुले नेपाली नागरिकता फिर्ता गरि भारतीय नागरिकता लिएका उदाहरण पनि छन् । नेपाली भुमिमा भारतीय सरकारको प्रशंसा मात्रै नभएर जयजयकार गर्नु पक्कै राम्रो पक्ष होइन् । यो गलत हो । तर उनीहरुको आवाज सत्ता प्राप्त वा कुनै स्वार्थका लागि गरिएको थिएन् नत नेपालकै लागि गरिएका राष्ट्रघाती सम्झौता जुन विगतका सरकाहरुले गर्दै आएका थिए त्यो भन्दा खतरक थियो । यो त जीवन बाच्नका लागि लामो समयदेखि संघर्ष गरिरहेका उनीहरुलाई भारत सरकारले देखाएको हार्दिकताप्रतिको धन्यवाद मात्रै हो । यसरी राज्यप्रति नागरिकको असन्तुष्टि बढदै जानु भनेको राज्य सञ्चालनको असक्षमताका रुपमा पनि लिन आवश्यक छ ।
भारतिय सरकारका प्रतिनिधिले अल्पत्र परेका नेपाली यात्रुलाई गाडी भित्र पनि सामाजिक दुरी कायम गरेका थिए । रेल, बसमा नेपालीहरु खचाखच भरिएका थिएनन् । चौराहाहरुमा स्यानीटाईजर, खाना र पानीको व्यवस्था गरिएको थियो । भारतीय सुरक्षाकर्मिले कडा सुरक्षा सहित उनीहरुलाई सिमा सम्म पु¥याएर विदाई ग¥यो । जब नेपाल प्रवेश गरे । त्यसपछि सामाजिक दुरीको त कुरै नगरौ तिन दिन देखि उनीहरुले न खाना पाए न पानी ।
हरेक चेक पोष्टमा उनीहरुलाई कम्तिमा पनि घण्टौ घण्टा रोकियो । गाडीमा अपाँगता भएका व्यक्ति, बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला र दिर्घरोगीहरु पनि थिए । पसलहरु सबै बन्द । जंगलको बास । चट्टान फुटाल्ने गर्मि । त्यो पिडा कुनै पनि नागरिकको लागि सह्य हुदैन थियो ।
त्यसपछि उनीहरु राती दुई तिन बजे गुराँसे पुगेका थिए । भोलीपल्ट तिन बजेसम्म उनीहरुलाई लिन गाडी आईपुगेना । गुराँसेमा महावुका वाशुदेव भटराई, भगवतीमाईका नवराज वि.सि, भैरवीका पूर्णबहादुर महतारा र बाजुरका सन्तोषी शाहको सहयोगले गुराँसेमा उनीहरुले निशुल्क चाउचाउ, विष्कुट र पानी खाना पाएका थिए । चाउचाउ लिदा लिदै एकआपसमै एकजनाले भने छन् खाना नपाएका गोर्खाली । अर्काेले भनेछन् आखिर हामी सबै नेपाली हौ, कैयौ दिन भयो पेटमा केही नगएको सबै मिलेर खाऔं किन विवाद गर्ने । यति भन्दाभन्दै ठुलै रुपलिएको विवादलाई साम्य पार्न प्रहरीले लाठी चार्जनै गर्नु परेको थियो ।
एक जना भिआईपी ले यात्रा गर्दा कतै बाटोमा रोकिनु पर्दैन । कैयौ किलोमिटर अगाडी सम्म बाटो खुल्ला गरिएको हुन्छ । धुलो धुवा र हिलो उनीहरुले देख्दैन् । नत चर्काे गर्मिमा पसिना पुछ्दै रुखको फेदमुनी सितलता खोज्नु पर्ने नत चिसोमा आगो ताप्दै रात विताउनु पर्ने बाध्यता हुन्छ । एक चोटि ति गरिवको यात्रालाई हेरौ समस्या कहाँ छ । समस्या कस्ले सिर्जना ग¥यो । छिटो छरितो र सुरक्षित तरिकाले घर पुग्ने के उनीहरुको अधिकार छैन् । यी समस्याले उब्जाएका प्रश्नहरु हुन ।
घण्टौसम्म भाषण गरेर नथाक्ने हाम्रा जनप्रतिनिधिहरुले समाजको पुन: व्याख्या र परिभाषा गर्न आवश्यक छैन किन भने आदर्श राज्य र समाजको परिभाषा १८ औं र १९ औ शताब्दिका विद्धानहरुले प्रष्ट पारिसकेका छन् नत उनीहरुसँग समाजको पुन: व्याख्या गर्ने वा अर्काे सिद्धान्त प्रतिपदान गर्ने हैसियत छ । यदी त्यसो होइन् भने नागरिकले अब समाजको व्याख्या होइन् परिवर्तन चाहेका हुन् । जनताको नोट र भोटबाट सत्ता प्राप्त गरी आफुलाई अर्काे तानाशाह वा अव्वल दर्जाको नागरिकका रुपमा प्रस्तुत गर्ने नेता होइन् समाजमा भएका यस्तै समस्याको हल गर्न सक्ने नेता खोजेका छन् । त्यसैले अबको लडाई कोरोना महामारी विरुद्ध मात्रै होइन् सिंगो गरिवीको अन्त्य गरी विदेशबाट फर्किएका सबै नागरिकलाई राज्यले रोजगारीको व्यवस्था गरोस् ।
यी लेखकका नीजि विचार हुन ।





1 Comment on बन्दाबन्दीको असर : बढ्दै राज्यप्रति वितृष्णा

  1. Surendra chand // May 27, 2020 at 2:41 pm // Reply

    याे राज्यका सदस्यहरू हामी पनि त हाैै।सक्दाे सहयाेग गर्नु हाम्राे पनि त दायित्व हाेला नि ।

Leave a comment

Your email address will not be published.


*